मनहरी गाउँपालिका ७ रमौलीमा युनिक हुक्का गार्डेन सन्चालनमा आएकोछ । मनहरी ७ का दुई युवाहरु श्री कृष्ण राउत र शिव हरी राउतले होटल ब्याबसायमा हात हालेका हुन । स्थानिय बासिन्दा समेत रहेका उनिहरुले झण्डै २० लाखको लागतमा ब्यबसाय सन्चालन गरेको हो ।
पछिल्लो समय पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र पुरानो रमौली प्रतापपुर हात्ती सफारीलाई थप प्रवर्द्धन गर्नको लागि आवासको सुबिधा सहित ब्याबसाय सन्चालन गरिएको सन्चालक श्री कृष्ण राउतले जानकारी दिनुभयो । यस्तै शान्त वातावरण पछिल्लो समय सेवाग्राहीको रोजाईमा पर्ने गरेको भन्दै सेवाग्राहीको माग अनुसार रमौलीको पुरानो सामुदायिक होटललाई लिजमा लिई सेवा प्रवाह गरेको संचालक राउतले जानकारी दिनुभयो ।
मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहसङ्ग ५ वर्षसम्म वार्षिक तीन लाख रुपैया तिर्ने गरि सहमती भएको संचालक राउतले जानकारी दिनुभयो। गार्डेन निर्माण र केही ब्याम्बो कटेज निर्माणको क्रममै रहेता पनी सेवामा आएको अर्का संचालक शिव हरी राउतले जानकारी दिनुभयो ।
सामान्य फास्टफुड देखि खाजा सेट , खाना र आवास सहित पर्यटकहरुलाई पर्यटन क्षेत्र घुम्ने बेवस्था सहित चैत्र ७ गते अर्थात हिजो शनिबार देखि बिधिवत रुपमा सेवा सुचारु गरिएको हो ।
युनिक हुक्का गार्डेन संचालनमा आए सङ्गै ५ जना स्थानिय युवा र केही समय पश्चात् अन्य युवाहरुलाई पनि रोजगार दिईने संचालकको भनाई रहेकोछ ।