नेपालमा छरिएर रहेका कम्युनिष्ट पार्टीहरुलाई एकै स्थानमा ल्याई बृहत र शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उदेश्यले १६/१७ वटा दल मिलि बनेको नेपाली कम्युनिष्ट पार्टीको देशब्यापी रुपमा स्थानिय तहको संयुक्त एबम एतिहासिक बैठक सम्पन्न भएकोछ ।
पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ( प्रचण्ड ) संयोजक तथा अर्का पुर्व प्रधानमन्त्री समेत रहिसक्नुभएका माधव कुमार नेपाल सह – सम्योजक रहेको नेकपाले मंसिर २९ गते देश ब्यापी रुपमा एकै दिन पार्टीको पहिलो बैठक गर्ने निर्णय गरेको थियो । पार्टी एकता पस्चात देशको विभिन्न स्थानमा एकता सन्देस सभा तथा पार्टी प्रवेस कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।
यसै बिच नेकपा मकवानपुरले पनि केन्द्रिय सर्कुलरलाई कार्यान्वयन गर्ने क्रममा १० वटा स्थानिय तह मध्ये ८ वटा स्थानिय तहमा एतिहासिक बैठक सम्पन्न गरेकोछ । उस्ले हरेक बैठकमा केन्द्रिय तथा प्रदेश स्तरका नेताहरुलाई साक्षी राख्दै बैठक सम्पन्न गरेको हो । मकवानपुरको थाहा नगरपालिकामा पुर्व गृहमन्त्री एबम पार्टीको वरिष्ठ नेता समेत रहेका नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न गरेको हो । थाहामा श्रेष्ठ सङै पुर्व स्वास्थ्य मन्त्री पार्टी केन्द्रिय सदस्य बिरोध खतिवडा बिशिष्ट अतिथी , हेटौंडा उपमहानगर पालिकामा संविधान सभा सदस्य माननीय एबम पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने समीर,मनहरी गाउँपालिकामा केन्द्रिय सदस्य प्रमिला पुलामी,राक्सिराङ्ग गाउँपालिकामा मानकुमारी पाख्रीन नेपाली,बकैया गाउँपालिकामा केन्द्रिय सदस्य बिजय गौतम , बागमती गाउँपालिकामा बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी,भिमफेदी गाउँपालिकामा वीर बहादुर घलान ( ज्वाला) र मकवानपुरगढी गाउँपालिकामा सोबिन लामाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न गरेकोछ ।
यस्तै मकवानपुर जिल्लाको बाँकी रहेका २ स्थानिय तहहरु कैलाश र ईन्द्रसरोबर गाउँपालिकाको बैठक चाडैनै राखिने नेता वीर बहादुर घलान ( ज्वाला) ले जानकारी दिनुभयो । साथै एतिहासिक बैठकबाट पुस ५ गते हुन गईरहेको काठमाण्डौको सन्देश सभालाई सफल पार्ने र वडामा पनि एकता सहित कमिटी निर्माण गर्ने निर्णय भएको नेता ज्वालाले जानकारी दिनुभयो ।