माओवादी केन्द्रका नेता तथा पुर्व जनमुक्ती सेना नेपालका बृगेड कमाण्डर एबम पुर्व बागमती प्रदेश सभा सदस्य समेत रहेका युवा नेता ओम बहादुर ग्लानले आफू कुलमान घिसिङ्गको पार्टी उज्यालो नेपालमा प्रबेश गर्ने समाचारमा सत्यता नरहेको बताउनुभएकोछ ।
कालिपोखरी डटकमसंगको कुराकानीमा ग्लानले कुलमान घिसिङ्गसङ्ग ब्यक्तिगत सम्बन्ध राम्रो भएको तर अहिले नै पार्टीमा प्रबेश गर्ने तयारी नरहेको भन्दै केही मिडियामा आएका समाचार प्रती खण्डन समेत गर्नुभयो ।
बजारमा मकवानपुर जिल्लाको नेतृत्व लिईने भन्दै हल्ला चलिरहेकोछ त भन्ने हाम्रो प्रश्नमा हिजोको दिनमा माओवादी पार्टिको प्रदेश सचिवालय सदस्य त त्याग्ने मान्छेले जिल्ला सम्हाल्ने भन्ने कुरा निराधार भएको बताए । हिजोको दिनमा माओवादी पार्टीमा लामबद्ध भएर समाज परिवर्तनमा लागेको एक योद्धा भएको नाताले यस्ता हल्लाको पछाडी आफू नलाग्ने समेत बताउनुभयो ।
तर कुलमान घिसिङ्ग ब्यक्तिगत रुपमा स्वच्छ छवि भएको ब्यक्ती भएकोले उहाँलाई सहयोग गर्न सकिने समेत बताउनुभयो । यदि पार्टी प्रबेश गर्ने नै भए आफ्ना कुरा प्रेस मिट गरेरै प्रबेश गर्ने समेत बताउनुभयो ।