चेपाङ समुदायले खाना तथा आहारको लागि प्रयोग गर्दै आउने खाद्य बस्तुको रुपमा चिनिने गिट्ठा,भ्याकुर , सिस्नु,गहत, तरुल लगाएत अन्यको बस्तुको उपभोग लोप हुने अवस्थामा पुग्दै गर्दा त्यसको संरक्षण र प्रचारप्रसारमा चेपाङ समुदायको महिलाहरु लागि परेकाछन् ।
गरिबले खाने आहारको रुपमा चित्रण गरिएको गिट्ठा , भ्यागुर , तरुल लगाएत अन्य जङ्गली कन्दमुल अन्य समुदायले हेयको दृष्टिले हेरिने र आयातित चिज बस्तुको आगमनले उक्त समुदायको मुख्य आहारको रुपमा पहिचान बोकेको गिट्ठा , भ्याकुर ,सिस्नु, तरुल तथा अन्य कन्दमुल प्राय लोप अवस्थामै पुग्न थालेको थियो ।
बस्ती बिस्तारको क्रममा उनिहरुले उपभोग गर्दै आईरहेको आहार मासिनु र बाह्य खाद्यबस्तुको सहजै उपलब्धता हुनु उनिहरुको प्रमुख आहारको रुपमा परिचित चिज बस्तुले प्राथमिकता नपाएको टुकि फाउन्डेसनद्वारा गरिएको सर्वेक्षणले देकाएकोछ ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुरका २५ घरधुरीमा गरिएको खाद्य सुरक्षा सम्बन्धी सर्वेक्षणमा निक्कै बिकराल अवस्था पाईएको हो । आयातित खाद्य, बढ्दो सहरीकरण , हेयको दृष्टिकोण आदि कारणले गर्दा समुदायकै पहिचान बोकेको पौष्टिक तत्वयुक्त हुँदाहुँदै पनि ती खाद्यान्नको संरक्षणमा उक्त समुदायको ध्यान नगएको पाईएको हो । संस्थाले सन २०२४-२०२५ मा गरेको अनुसन्धानमा उनिहरुले आफ्नो रैथाने खानेकुराको संरक्षण नगरी पत्रु खानेकुराको लागि संघर्ष गरिरहेको र आयातित खानेकुराको प्रयोगबाट स्वास्थ्यमा समेत निक्कै समस्या देखा पर्न थालेको पाईएको हो ।

बजारिया खानेकुराले अस्तब्यस्त बनाएको उक्त समुदायलाई पुनः स्वस्थकर खाद्यान्नको उपभोगको बानी बसाल्ने उद्देश्यले सस्थाले दोश्रो चरणमा यसको प्रचार प्रसार एबम सम्बन्धि सरोकारवालाहरुसङ्ग छलफल तथा कार्यान्वयनको लागि पहलकदमी लिईरहेकोछ ।
एकल महिलाहरुको लागि सहयोग गर्दै आईरहेको संस्थाले बजारीया खाद्यको अधिक प्रयोग भएको पाईएपछी उक्त क्षेत्रमा खाद्य सुरक्षा सम्बन्धी अध्ययन गरि सम्भावित आधारहरुको खोजी समेत गरिएको थियो । स्थानिय स्तरमै उत्पादन गरि बजारिया खाद्यलाई निरुत्साहित गरि स्वस्थ र अखाद्य बस्तुको प्रयोगमा न्युनिकरण गरि स्वास्थ्यमा सचेत गराउने कार्यको लागि विभिन्न गतिविधि सन्चालन गरेका थिए ।
बिशेष महिलाहरुको सहभागितामा स्वस्थकर खाना र रैथाने खानेकुराको संरक्षणको लागी नयाँ पुस्तालाई समेत सचेत पार्ने काममा लागि परेकाछन् । अस्वस्थकर खानेबानीलाई निरुत्साहित गर्दै समय सापेक्ष ढंगले रैथाने खाद्यलाई नयाँ आयाम प्रदान दिन चेपाङ समुदायका महिलाहरु सक्षम बन्दै गईरहेको पाईन्छ ।

उनिहरुले बिधालयमा खाजाको रुपमा रैथाने खानेकुराको प्रयोग गर्न, स्थानिय सरकारसंग रैथाने बाली संरक्षणको लागि उचित लगानी तथा कार्यक्रमको ब्यबस्था गर्न , विभिन्न मेला तथा महोत्सवमा आफ्नो रैथाने परिकारको पहिचान दिन कोदोको रोटि ,म:म , सिस्नुको तरकारी , गुन्द्रुकको अचार लगाएत अन्य गतिबिधिहरु संचालन गर्दै अगाडि बढिरहेकाछन्।
https://shorturl.fm/Qr5Yn