डिभिजन वन कार्यालय राप्ती मनहरीले उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई पुरस्कृत गरिएकोछ ।
डिभिजन वन कार्यालय राप्तीले सोमबार “समयमै कार्ययोजना नबिकरण गरौं,सामुदायिक वनलाई गतिशिल बनाऔं ” भन्ने मुल नाराका साथ सामुदायिक वन दिवस २०८२ उत्कृष्ट सामुदायिक वन र कबुलियत वनलाई पुरस्कृत र सम्मान गर्दै मनाएको हो ।

डिभिजन वन कार्यालय राप्ती अन्तर्गत २०२ वटा सामुदायिक वन उपभोक्ता समूह र २६१ वटा कबुलियत वन उपभोक्ता समूह रहेकोमा सामुदायिक वन तर्फ बर्ष २०८१/०८२ मा उत्कृष्ट हुँदै श्री डिपाड सामुदायिक वन उपभोक्ता समूह मनहरी ६ प्रथम भएको थियो । यस्तै श्री डरवारडाँडा सामुदायिक वन उपभोक्ता समूह भिमफेदी -१ द्वितीय र श्री चनौटा सामुदायिक वन उपभोक्ता समूह हेटौंडा -१९ तृतीय भएको थियो ।उत्कृष्ट भएका तीन वन उपभोक्ता समूहले क्रमश: बीस हजार , पन्ध्र हजार र दश हजार सहित प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै कबुलियत वन तर्फ श्री गुप्तेश्वरी कबुलियत वन उपभोक्ता समूह भिमफेदी -४ प्रथम, श्री क्याम्पाडाँडा कबुलियत वन उपभोक्ता समूह हेटौंडा -१९ द्वितीय र श्री हुजुरुम कबुलियत वन उपभोक्ता समूह राक्सिराङ्ग -५ तृतीय भएको थियो । उनिहरुले क्रमश : बीस हजार, पन्ध्र हजार र दश हजार सहित सम्मान पत्र प्राप्त गरे ।
मनहरी गाउँपालिका , राक्सिराङ्ग गाउँपालिका,कैलाश गाउँपालिका, थाहा नगरपालिका,ईन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिकाका ४ वटा वडाहरु , हेटौंडा उपमहानगरपालिकाका वडाहरु १,११ र १९ लगाएतका क्षेत्र डिभिजन वन कार्यालय राप्ती अन्तर्गत पर्ने गर्दछ ।
सम्मान तथा पुरस्कार बितरण कार्यक्रममा बोल्नुहुँदै फेकोफन मनहरीका अध्यक्ष रघुनाथ रुम्बाले नियमले नमिल्ने काम नगरौ र समयमै संस्था अध्यावधी गरौं भन्नुभयो । अहिले पुरस्कृत नहुने सामुदायिक वन तथा कबुलियत वन समूहलाई नयाँ आर्थिक बर्षमा उत्कृष्ट हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
सम्मान तथा पुरस्कृत कार्यक्रममा दरबारडाडा सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय राप्तीलाई दारको पानी राख्ने ठेकी उपहार दिईएको थियो । दारको ठेकीले बजार पाउन मुस्किल भएको र पिउने पानीको भाडा बिकल्पको रुपमा उपयुक्त हुने गरेको पाईन्छ ।
समूहले दारबाट चपिङ बोर्ड, कप ,माना पाठी लगाएतका अन्य सामाग्री उत्पादन गर्दै आईरहेकोछ ।
कार्यक्रममा मन्तव्य राख्दै सब डिभिजन कार्याल मनहरीका प्रमुख डटेन्द्र गोलेले सामुदायिक वन तथा कबुलियत वनको ब्यवस्थापन तथा संस्थागत बिकास गर्नु अब लक्ष्यित हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै डिभिजन वन कार्यालय राप्ती मनहरीका कार्यालय प्रमुख डिएफओ हेम बहादुर थापाले सामुदायिक वनले वन ब्यबस्थापन र संरक्षणमा लामो समय देखि महत्वपुर्ण भुमिका खेल्दै आईरहेको बताउनुभयो । नेपालमा बिक्रम सम्बत २०३० साल देखि सामुदायिक वनको स्थापना भएको पाईन्छ ।सोही मितिलाई आधार मानी सामुदायिक वन दिवस मनाउदै आईरहेको समेत स्मरण गर्नुभयो । अहिले पुरस्कृत हुने समूहले यो नतिजालाई निरन्तरता दिदै प्रदेश तथा संघिय स्तरबाट पुरस्कृत हुने डौडमा लम्किन त बाँकीले अब थप प्रयास गर्दै पुरस्कृत हुने होडमा लाग्नुपर्ने बताउनुभयो ।