९० बर्ष पुगेका बा – आमालाई मनहरीद्वारा सम्मान सहित छाता,लौरो र थर्मस उपहार

पुरानो पुस्ता जिउँदो ईतिहास भएको भन्दै मनहरी गाउँपालिकाले सम्मान गर्ने क्रममा दोसल्ला सहित उढ्ने छाता,टेक्ने लौरो र तातो पानी राख्ने थर्मस प्रदान गरेकोछ ।

गाउँपालिका भित्र रहनुभएका ९० बर्ष देखि माथिका बा- आमालाई सम्झने कार्यको थालनी गरिएको हो । मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा अन्तर्गत जेष्ठ नागरिक समन्वय समितिको आयोजनामा सम्मान सहित सामाग्री बितरण कार्यको शुरुवात गरिएको हो ।

सोमबार मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा उक्त सम्मान र सामाग्री हस्तान्तरण कार्य शुरु गरिएको हो । पहिलो दिन मनहरी गाउँपालिका वडा नम्बर १,२ र ३ नम्बरमा पुराना पुस्तालाई सम्झने क्रममा सिमित बजेटका बाबजुद पनि हाम्रा जिउँदो ईतिहासलाई खोज्ने कार्य थोरै भएपनी सम्झन खोजिएको उपाध्यक्ष मगरले बताउनुभयो । पालिकाले पहिलो पटक यो प्रयास गरिएको र आगामी कार्यक्रममा पनि हाम्रा जिउँदो ईतिहासलाई सम्झेर आउने प्रतिबद्धता समेत जनाउनुभयो ।पालिका भित्रका ९० बर्ष पुगेका ९९ जना बा- आमालाई सम्मान तथा भेटघाट एबम अत्यावसेक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको समेत बताउनुभयो । यति ठूलो संख्यामा जिउदो ईतिहास मनहरीमा पाउनु साच्चिकै हाम्रो मनहरी गाउँपालिका धनी र भाग्यमानी रहेको समेत बताउनुभयो ।

३ चरणमा सक्ने गरि थालनी गरिएको कार्यक्रम पहिलो चरणमा १,२ र ३ नम्बर , दोश्रो चरणमा ४,५ र ९ नम्बर त्यस्तै तेश्रो चरणमा ६,७ र ८ नम्बर वडामा क्रमश हुनेछ ।

वडा नम्बर १,२ र ३ मा सोमबार सम्पन्न गरिसकेकोछ भने दोश्रो चरणको कार्यक्रमले आज मङ्गलबार निरन्तरता पाउदैछ ।यस्तै तेश्रो चरणको कार्यक्रम छिट्टै सन्चालन गरिने समेत पालिकाको तयारी रहेकोछ ।

बृद्धअबश्थाका बा आमालाई सम्मान तथा सामाग्री बितरण कार्यक्रमको लागि ३ लाख ४५ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको र उक्त रकमको सामान खरिद गरि बितरण गरिएको महिला तथा बालबालिका शाखा मनहरीका प्रमुख शिला अधिकारिले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा पालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) , प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,वडा नम्बर १,२ र ३ का कार्यबाहक वडा अध्यक्षहरु, समितिका उपाध्यक्ष रामहरी सुबेदी, समितीका सदस्य बच्चुराम उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.