यस बर्ष देखि स्कुल जाने छोराछोरी सबैले पोसाक पाए, बिद्यार्थीमाझ छायो खुसीयाली

बिधालय पढ्न जाने छोराछोरी सबैले बिधालय पोसाक पाए पछि बालबालिकाहरुमाझ खुसीयाली छाएकोछ ।
राक्सिराङ्गमा शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको संस्था दिगो बिकासका लागि एकता नेपालद्वारा शैक्षिक सामाग्री सहित पोसाक बितरण गरेसङ्गै बिधार्थीहरुमा खुसीको लहर छाएको हो । लामो समय देखि राक्सिराङ्ग गाउँपालिकामा शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको उक्त संस्थाले बाल बिकास र बिधालयमा अध्ययनरत झण्डै २ हजार ६ सय बिद्यार्थीहरुलाई पोशाक बितरण गरिने परियोजना ब्यबस्थापक अनिल पौडेलले जानकारी दिनुभयो ।
Education ,Health and Livelihood Support Project in Raksirang नामक परियोजना सन्चालन गरिरहेको संस्थाले राक्सिराङ्गका ३ वटा वडाहरु ६,७ र ८ का सबै बिधालयमा पढ्ने बिधार्थिहरुलाई लिसा हिमालय ईभीको आर्थिक सहयोगमा बिधालय पोसाक , झोला,स्टेशनरीका सामानहरु र चप्पल बितरण गरिएको हो । सामाग्री बितरण पश्चात् बिधालयमा अध्ययन गर्ने बिधार्थिमा थप उर्जा मिल्ने बिश्वास समेत संस्थाले लिईएकोछ ।

स्टेशनरीका सामाग्रीहरुमा विषयगत कापी ,कलम , पेन्सिल बितरण गरिएकोछ ।त्यस्तै छात्रहरुलाई सर्ट पाईन्ट र छात्राहरुलाई कुर्था सुरुवाल र सल बितरण गरिएकोछ ।

यस बर्ष देखि अभिभावक, स्थानिय समुदाय तथा गाउँपालिकाको अनुरोधमा छात्रहरुको लागि पनि संस्थाले पोशाकको ब्यबस्था गरिएको परियोजनाका कार्यक्रम निर्देशक अन्जन प्रसाद पौडेलले बताउनुभयो ।

 

संस्थाले राक्सिराङ्ग ८ नम्बरको नबजिवन आधारभुत बिधालय पाम्बुङ्गबाट शुरु गरेको शैक्षिक सामाग्री बितरण कार्यक्रम ८ नम्बरकै देविटार माबिमा पनि सामाग्री बितरण गरिसकेकोछ । उक्त सामाग्रीहरु बैशाख २९ र ३१ गते बितरण गरिएको हो । यस्तै बाल बिकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुकोलागी कट्टु, गन्जी र चप्पल बितरण गरिएकोछ ।

यस्तैगरी यहि जेष्ठ ४,५,६ र ७ गते क्रमशः धिराङ्ग आधारभुत बिधालय राक्सिराङ्ग ७ र सात कन्या आधारभुत बिधालय राक्सिराङ्ग ७ गर्लिङ्ग र दाम्राङ्ग आधारभुत बिधालयमा आईतबार ,सोमबार र मङ्गलबार त्यस्तै जेष्ठ ७ गते अर्थात बुधबार वडा नम्बर ६ मा अवस्थित राष्ट्रिय माध्यामिक बिधालय सिलिङ्गेमा सामाग्री बितरण गर्ने तालिका रहेको परियोजनाका ब्यबस्थापक पौडेलले जानकारी दिनुभयो । साथ साथै शैक्षिक सामाग्री बितरण कार्यक्रम सङसङ्गै बिध्यार्थीहरुको ब्यक्तिगत स्वास्थ्य प्रबर्द्धन अन्तर्गत बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण पनि भईरहेको जानकारी दिनुभयो ।स्वास्थ्य परिक्षण बर्षमा २ पटक परिक्षण गरिने कार्यतालिका अनुरुप पहिलो चरणमा बिधार्थीको स्वास्थ्य परिक्षण गरिएको हो ।

यस्तै बिधार्थीहरुलाई प्रदान गरिने शैक्षिक सामाग्री अन्तर्गत पहिलो चरणको सहयोग प्रदान गरिएको हो । संस्थाले बिधार्थीलाई शैक्षिक सामाग्री मात्र नभएर बिधालयलाई शैक्षिक जनशक्ति, भौतिक संरचना, बिद्यार्थी खाजा,जिबिको पार्जन अन्तर्गत अभिभावकलाई बीउ बिजन तथा प्राविधिक सहयोग , आपतकालीन स्वास्थ्य उपचार सहयोग तथा उद्दार गर्ने जस्ता कार्यहरु गर्दै आईरहेकोछ । परियोजना २०२४ देखि २०२९ सम्म सन्चालन हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.