आफ्नै बारीको घाँस काट्ने क्रममा रुख भाँच्चिदा दुईजना घाईते एक जनाको अवस्था गम्भीर

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ को बाङ्गराङ्गमा घाँस काट्ने क्रममा दुई जना शक्त घाईते भएकाछन्। घाईते हुनेमा बाङ्गराङ्ग बस्ने अन्दाजी ६६ बर्षिया मान बहादुर थिङ र उनका श्रीमती अन्दाजी ६५ बर्षका बिबि माया तामाङ रहेकाछन्।

शुक्रबार बिहान १० बजे तिरको समयमा घर नजिकैको खनियोको बोटमा बाख्रालाई घाँस काट्न गएका थिङको दम्पतीको घाँस काट्नलाई चढेको रुखनै भाच्चिन पुगि उक्त दुर्घटना हुन पुगेको हो । घाँस बटुल्ने क्रममा रहेको अवस्थामा श्रीमान चढेको रुखले लागेर तामाङ शक्त घाईते हुन पुगेको थियो । यता घाँस काट्न खनियोको बोटमा चढेका थिङलाई रुखसङ्गै भुईमा बज्जारिनु पुग्दा अर्को काठले गोप्पिन पुगेको थियो । घटनाको बारेमा थाहा पाए लगत्तै वडा अध्यक्ष अक्कल बहादुर मुक्तान एम्बुलेन्स सहित घटना स्थलमा पुगि घाईतेको उद्दार गरि उपचारको लागि सरकारी हस्पिटल भरतपुर लगिएको वडा अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । घाईते दुबै जनाको उपचार भईरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.