प्राधिकरण उज्यालो पार्ने संस्था हो ; कार्यकारी निर्देशक घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ति काट्ने भन्दा उज्यालो पार्ने संस्थाको रुपमा विकास भइरहेको बताए । नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए ।
लोडसेडिङ अन्त्यसंगै विद्युत निर्यात गर्ने काम भइरहेको बताए । हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनको भनाई छ । उनले देशमा विद्युत सेवा नपुगेको ठाँउ प्राधिकरणले खोजी गरिरहेका बताए । हरेक नागरिकको पहुँचमा विद्युत सेवा पुर्‍याउन करोडौ खर्च गर्न तयार रहेको उनले बताए ।प्राधिकरणले तत्कालिन समयमा लोडसेडिङ अन्त्य भन्दा पनि विद्युतको पहुँच  पुर्‍याउन महत्वपूर्ण दायित्वको रुपमा लिएर काम गरिरहेको उनको भनाई छ ।
सरकारको दायित्व पूरा गर्न आफूले प्राधिकरण मार्फत् नेतृत्व लिएको उनले बताए । उनका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको उनले दावी गरे ।
उनले राक्सिराङको सबै नागरिकको घरमा वर्षा याम अघि नै विद्युत पुर्‍याउन मातहतका कार्यालयलाई निर्देशन समेत दिए । बजेट तथा अन्य आवश्यक व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको र हाल नपुगेका स्थानमा विद्युतीकरण गर्न ८ करोड रुपैयाँमा ठेक्का लागेको र काम सुरु गरी सम्पन्न गर्न पनि उनले आग्रह गरे । गरिवलाई निःशुल्क मिटर वितरण गर्ने तथा  न्युनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार गरिव विपन्नका साथै सिचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत महशुलमा सहुलियत दिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच पुर्याइएको हो । 
गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत सेवा पुर्याइएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका–९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् ।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो ।
गाउँपालिकाले आफ्नै स्रोतमा संचालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रम मार्फत् सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।  उनका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडाहरुमा बत्ति पुर्‍याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो ।
सो पश्चात प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत कार्यक्रम मार्फत् ३० करोड रुपैयाँ मार्फत् अभियानलाई अघि बढाएको उनको भनाई छ । उक्त कार्यक्रम मार्फत् सबै वडामा विद्युतको पहुँच पुगे पनि अझै सबै नागरिकको पहुँचमा विद्युत सेवा पुर्‍याउन बाँकी रहेको उनले बताए । 
उक्त अभियान अन्तर्गत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । २०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् ।
कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो भने उक्त कार्यमा सघाउ पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.