पुर्ण सरसफाईको सुचक पूरा गर्दै अठारे पाटाबारीका स्थानिय, सस्थाद्वारा प्रोत्साहन स्वरुप फिल्टर बितरण

 

राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ९ अठारेमा पुर्ण सरसफाईको सुचक पूरा गर्दै अठारे पाटाबारीका स्थानिय, सस्थाद्वारा प्रोत्साहन स्वरुप यहि चैत्र ६ गते फिल्टर बितरण गरिएकोछ ।

राक्सिराङ्ग गाउँपालिकासँगको समन्वयमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचको सहयोगमा सञ्चालन भएको खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको सहजिकरणमा पालिकाका सबै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै आईरहेकोछ ।

५४ घरधुरी रहेको अठारे पाटाबारीमा पुर्ण सरसफाई अन्तर्गतका पुर्व सुचकहरु पूरा गरिएको कारण उक्त समुदायका ५४ घरधुरीलाई प्रोत्साहन स्वरुप पानी शुद्धीकरण गराउने फिल्टर बितरण गरिएको हो ।

बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले हाम्रो आफ्नै अस्वस्थ ब्यबहारले बिरामी परेकाछौ र पानी हाम्रो जीवन भएकोले पानीलाई शुद्धीकरण गरेर मात्र पिउनु पर्ने बताउनुभयो । साथै फिल्टरको सहि सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।

सस्थाले उक्त क्षेत्रमा पुर्ण सरसफाई अन्तर्गत भाडा सुकाउने मचान, एक घर एक धारा, फोहोर ब्यबस्थापन , शौचालय निर्माण, ब्यक्तिगत सरसफाई लगाएतका क्षेत्रमा सचेतना तथा सहयोग गर्दै आईरहेकोछ । ९ नम्बर वडा अध्यक्ष रामकुमार बाल्पा थिङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सस्थाका मकवानपुर जिल्ला कार्यक्रम संयोजक, कालिका माबी अठारे बिधालयका प्रधानाध्यापक , प्रहरी लगाएत आमा समुह, टोलसुधारमा आवद्ध ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

यस्तै गरि माघ ५ गते राक्सिराङ्ग गाउँपालिकाको वडा नंं.९ स्थित कोखारी गाउँलार्ई सुरक्षित खानेपानी युक्त तथा पूर्ण सरसफाइ उन्मुख समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता, अतिथिको रुपमा प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, वडा नंं. १ को वडा अध्यक्ष बाबिराम मोक्तान, वडा नंं. ३ को वडा अध्यक्ष उत्तम वाइवा, वडा नंं. ४ को वडा अध्यक्ष सञ्जय कोइराला, वडा नंं. ५ को वडा अध्यक्ष हरि बहादुर प्रजा, वडा नंं. ६ को वडा अध्यक्ष अकल बहादुर मोक्तान र कार्यपालिका सदस्य श्री शान्ता अर्यालको अध्यक्षतामा कोखारी गाउँलाई सुरक्षित खानेपानी युक्त तथा पूर्ण सरसफाइ उन्मुख टोलकोरुपमा घोषणा गरिएको छ ।

उक्त गाउँका ३९ घरधुरीहरु समेटेर पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । गाउँपालिकाको एक घर एक धाराको नीतिगत व्यवस्थालाई सहयोग पुयाउने उद्ेश्यले राक्सिराङ्ग गाउँपालिकासँगको समन्वयमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन) र डब्लुएचएचको सहयोगमा सञ्चालन भएको खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको सहजिकरणमा पालिकाका सबै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसारको ७ वटा सूचक अन्र्तगतका ६ वटा व्यवहार पुरा गर्नको लागि सबै सूचकहरु पुरा भएपछि कोखारीटोललाई घोषणा गरिएको आमा समुहकी अध्यक्ष रुपकुमारी अर्यालले बताउनु भयो । ६ वटा व्यवहारहरुमा , चर्पीको समुचित प्रयोग ,व्यक्तिगत सरसफाइ ,सुरक्षित पानीमा पहुँच तथा प्रयोग ,सुरक्षित र स्वच्छ खाना घरायसी एवंम संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ रहेका छन् ।

कोखारी बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सहजकर्ता बाल कृष्ण खत्रीले खानेपानी प्रणालीको दीगोपना कायमगरी गाउँमा सरसफाइको अवस्थालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । घोषणा सभामा आमा समुहले सरसफाइ र स्वच्छता सम्बन्धी सन्देशमुलक गीतहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वागेश्वरी आधाभूत विद्यालयकी शिक्षिका शाइसा मल्लले सरसफाइ सम्बन्धि गीति कविता बाचन गर्दै अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा आरआरएनका कार्यक्रम संयोजक लिल कार्कीले गाउँपालिकासँगको समन्वयमा खानेपानी सरसफाइ तथा स्वच्छता समबन्धी कार्यक्रम विगत दुईवर्ष देखि सञ्चालन तथा ब्यवस्थापन गर्दै आएकोे जानकारी गराउनु भयो ।

कोखारी स्वास्थ्य संस्थाका प्रमुख जीवन मल्लले सरसफाइ र स्वच्छताको क्षेत्रमा संस्थाले सञ्चालनगरेको सचेतनामुलक कृयाकलापहरुको नजिता चेपाङ्ग समुदायको बाहुल्यता रहेको पार्सिवाङ्ग जस्तो पछाडीपारिएको क्षेत्रमा समेत सरसफाइ सम्बन्धी व्यवहारमा सुधार आएको आफुले देखेको बताउनु भयो । वडा न ४ का वडाध्यक्ष सञ्जय कोइरालाले संस्थाले खानेपानी सरसफाइको क्षेत्रमा गरेको काम नतिजामूखी रहेको बताउनु भयो । कार्यक्रमा सहयोगी संस्था नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल संस्थाको कार्यक्रमको उद्देश्यले माथि प्रकाशपार्दे सरसफाई तथा स्वच्छाता अभियानलाई गाउँपालिका को समन्वयमा अन्य वडा एवंमटोलहरुमा समेत विस्तार गर्दै पूर्ण सरसफाई उन्मूख टोल घोषाणा गर्ने लक्ष्य रहेको बताउनु भयो ।

घोषणा सभामा प्रमाण पत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवंम गाउँपालिका अध्यक्ष श्री राजकुमार मल्लले गाउँपालिकाको नीति तथा कार्यक्रम लक्षित कृयाकलापहरु सञ्चालन गर्दै स्थानिय स्तरमा देखिएको समस्या विषेशगरी खानेपानी तथा सरसफाइका क्षेत्रमा आरआरएन तथा सहयोगी दातृनिकाय डब्लुएचएचको उल्लेखिय भूमीका रहेको बताउनु भयो । वागेश्वरी आधारभूत विधालयकी शिक्षिका सरस्वती बि.क.ले सञ्चालन गर्नुभएको कार्यक्रममा सभाको अध्यक्षता कार्यपालिका सदस्य शान्ता अर्यालले गर्नुभएको थियोे।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.