तृष्णा गुरुङको लाईभ कन्सर्टमा दर्शकको बाढी, मनहरी महोत्सव होलिमय

मनहरीमा जारी प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सवको नबौ दिनको प्रस्तुती लिएर आएका नेपाली लेडि रक स्टार तृष्णा गुरुङको भब्य स्वागत भएकोछ ।

दर्शकको चापलाई थेग्न नसकेर गायिका गुरुङले ब्यास्थापकको आग्रहलाई स्विकार्दै प्रस्तुतीलाई छोर्याउनु समेत पर्यो । होलिको दिन समेत भएको कारणले दर्शकको बाक्लो सहभागीता देख्न पाउथ्यो। आज गुरुङको लाईभ कर्न्सट हुने भएको कारण टिकेट शुल्कमा समेत हेरफेर गरिएको थियो । ब्यबस्थापकले आयोजकसङ्ग कर्न्सटको लागि भनेर टिकट शुल्क निर्धारण गरिएको थियो । जस अन्तर्गत आज भएको कार्यकर्ममा सहभागीहरुको लागि २५० रुपैयाँ निर्धारण गरिएको थियो ।

महोत्सवको अन्य दिनहरुमा भने पुर्ववट रुपमै ७० र ५० रुपैयाँको दरले टिकट काटिने ब्यबस्थापक तथा आयोजक समितिले जानकारी दिएकोछ ।

अब महोत्सवको स्टेजमा दुर्गेश थापा, प्रियन्का कार्की, उर्गेन दोङ , एलिना चौहान र विश्व दोङ लगाएत अन्य कलाकारको बेजोड प्रस्तुती रहने मेला ब्यवस्थापन समिती श्रोतले जानकारी सिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.