दोश्रो पटक स्वबियु सभापतिको रेसमा लोकप्रिय बिद्यार्थी नेता छोईसाङ लामा

आसन्न स्वबियुको चुनावमा मकवानपुर जिल्लाकै सबैभन्दा बढी बिधार्थी अध्ययन गर्ने क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा यतिबेला चुनावी सरगर्मी बढेकोछ ।

एक पटक स्वबियु सभापती जितिसकेका बिद्यार्थी माझ लोकप्रिय र ईमान्दार छवि बनाएका बिधार्थी नेता छोईसाङ लामा पुनः स्वबियु सभापतिको उम्मेद्बार बनेको हो ।

यस भन्दा अघिल्लो चुनावमा लड्दै गर्दा बिद्यार्थी माझ अखिल क्रान्तिकारीले चुनाव जित्दै गर्दा क्याम्पस पहिलेको जस्तो आफ्ना आफन्तलाई भर्ती केन्द्र बनाईनेछैन भन्दै गरेको भाषण निक्कै चर्चामा रहेको थियो ।

चुनाव जितिसके पछि पनि स्वबियु गतिबिधी , बिधार्थीलाई तालिम लगाएत बिधार्थी हक हितको सवालमा काम गरेर देखाईसकेकोछ । बिद्यार्थी आन्दोलनलाई सार्थक बनाउन र बिधार्थी हक हितको लागि भन्दै अखिल क्रान्तिकारीले पुनः लामाको नेतृत्वमा स्वबियु चुनावमा होमिएको हो ।

स्वबियुको चुनाव यहि चैत्र ५ गते हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.