मनहरी खेलकुद महोत्सब अपडेट;फुटबल तर्फ फाईनलमा वडा नम्बर ७ र ६ प्रबेश,भलिबल तर्फ ४ खेल सम्पन्न

मनहरी खेलकुद महोत्सव अन्तर्गत आज फुटबल तर्फ सेमिफाइनल दुई वटै खेल सम्पन्न भएकोछ । मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा सम्पन्न खेलबाट मनहरी ७ अ ६ नम्बर वडाको फुटबल टोलि फाईनलमा प्रबेश गरेको हो ।

पहिलो खेलमा ७ नम्बर वडाले ४ नम्बर वडालाई टाईब्रेकरमा ५/४को गोल अन्तरले खेललाई आफ्नो पक्षमा पार्न सफल भए। ७ नम्बरलाई फाईनामा पुर्‍याउनको लागि गोल रक्षक दिपेश स्याङ्तानको उत्कृष्ट बचाउले काम गर्‍यो । उनले ४ नम्बर वडाका दुई खेलाडीको बललाई रोकेको थियो । स्याङ्तान खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

त्यस्तै गरि सोमबारै भएको अर्को सेमिफाईनलको खेलमा बलियो मानिएको ९ नम्बर वडालाई १-० गोल अन्तरले स्तब्ध पार्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । वडा नम्बर ६ को जितमा खेलको दोश्रो हाल्फमा जर्सी नम्बर १० का खेलाडी हिमाल थिङले गोल गरे । आफ्नो टिमलाई फाईनलमा पुर्‍याउन उत्कृष्ट गोल गरेका थिङ खेलको म्यान अफ द म्याच घोषित भए ।

अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनलमा उपाधिको लागि फाल्गुन २८ गते वडा नम्बर ७ र ६ भिड्नेछ । प्रथम मनहरी खेलकुद महोत्सव अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र एथलेटिक्स लगाएतका बिधाहरु समेटिएको आयोजकले जनाएकोछ ।

सोमबारदेखि नै शुरु भएको उपाध्यक्ष भलिबल कपमा ४ खेल सम्पन्न भएकोछ । पहिलो चरणको दुई खेल गुमाएको वडा नम्बर ७ प्रतियोगिताबाटै बाहिरिएकोछ ।
त्यस्तै गरि वडा नम्बर ३,४,५ ,६ र ९ भने आजको खेलबाट कुन टिम अघिल्लो चरणमा प्रबेश गर्ने भन्ने निर्धारण हुनेछ । वडा नम्बर ३,४ र ५ ले आफ्नो खेलको पहिलो खेल जितेर बसेको वडा नम्बर ९ नम्बरले एक खेल जितेको र एक खेल गुमाएको अवस्थाछ त्यस्तै गरि वडा नम्बर ६ ले एक खेल गुमाएको र एक खेल खेल्न बाकी रहेकोछ ।

सोमबार भएको खेलमा वडा नम्बर ९ र ६ बिच भएको खेलमा वडा नम्बर ९ बिजयी भएको थियो । ९ नम्बरले ६ नम्वरलाई (२६-२४ र २५-२१) को सेटमा जित हासिल गर्यो । त्यस्तै गरि वडा नम्बर ७ र ४ बिच भएको खेलमा ४ नम्बर बिजयी भयो । ४ नम्बर वडाले (२५-२१ र २५-१६) को सेटमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यस्तै वडा नम्बर ३ र ९ बिच भएको खेलमा ३ नम्बर बिजयी भएकोछ । ३ नम्बरले ९ नम्बरलाई (२५-२० र २५-१६) को सेटमा पराजित गरि बिजयी शुरुवात गरेको हो । सोमबारै भएको अर्को खेलमा वडा नम्बर ७ र ५ बिच भएको खेलमा ५ नम्बर बिजयी भएकोछ । ५ नम्बर वडाले ७ नम्बरलाई (२५-२२ र २६-२४) को सेटमा पराजित गर्दै अघिल्लो चरणको प्रवेशलाई सम्भावना जिवित राखेको हो ।

पहिलो चरणको खेलको बाकी दुई खेल मंगलबार हुनेछ । वडा नम्बर ६ र ३ त्यस्तै वडा नम्बर ५ र ४ बिच बिहान ८ बजे देखि मनहरी ८ बेलुवा स्थित गणेशधारा खेल मैदानमा हुनेछ । पहिलो चरणको खेल समाप्त सङ्गै सेमिफाइनलको खेल पनि आजै सन्चालन हुने आयोजक श्रोतले जनाएकोछ ।

बिबिध कारणले चाडै सार्बजनिक गर्ने भनिएको क्रिकेटको खेल तालिका अझै पनि सार्बजनिक गर्न सकेकोछैन । यद्यपि आयोजकले फुटबलको फाईनल सकेर सोही स्थानमा खेलाउने जानकारी दिएकोछ । अफिसियलको अभावको कारण भन्दै खेल तालिका सार्बजनिक गर्न ढिलाई हुदा यता खेलाडी तथा क्रिकेट फ्यानहरुको असन्तुष्टि बाहिर आउन थालेकोछ । त्यस्तै गरि खेल महोत्सबमा समाबेश गरिएको अर्को खेल ब्याडमिन्टन र एथलेटिक्स तर्फको खेलहरु क्रमश खेलाउदै जाने आयोजकको भनाई रहेकोछ ।

फुटबल तर्फ बिजेता/ उपबिजेताले क्रमश: नगद १,००,०००/- एक लाख रुपैयाँ र ५०,०००/- पचास हजार रुपैयाँ , उपाध्यक्ष भलिबल तर्फ बिजेता/उपबिजेताले क्रमशःनगद ५०,०००/-पचास हजार रुपैयाँ र ३०,०००/- तीस हजार रुपैयाँ , क्रिकेट तर्फ बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,०००/- बीस हजार रुपैयाँ , ब्याडमिन्टन (जोडि तर्फ) बिजेता/ उपबिजेताले क्रमशः ३०,०००/- तीस हजार रुपैयाँ र २०,००००/-बीस हजार रुपैयाँ , एथलेटिक्स तर्फ २०० मिटर खुल्ला दौड बिजेता र उपबिजेताले क्रमशः १५,०००/- पन्ध्र हजार रुपैयाँ र ७,५००/- सात हजार पाँच सय रुपैयाँ त्यस्तै १०० मिटर खुल्ला दौडको बिजेता/उपबिजेताले क्रमशः १०,०००/- दश हजार रुपैयाँ र ५,०००/- पाँच हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथ साथै हरेक प्रतियोगिमा बिधागत रुपमा खेलाडीलाई नगद सहित पुरस्कृत गरिनेछ । हरेक बिधामा मनहरी गाउँपालिकाको वडा भित्रका खेलाडी मात्र समाबेस हुन पाउनेछ ।

खेल महोत्सवको बिजेता टोलि र खेलाडीहरुलाई पुरस्कार र सम्मान प्रथम मनहरी खेलकुद तथा व्यापार महोत्सवको समापन अर्थात चैत्र ४ गते महोत्सव स्थल मनहरी ८ स्थित गणेशधारा खेल मैदानमा हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.