राष्ट्रिय माध्यामिक बिधालय मनहरी ६ सुनाचुरीले ५६ औ अभिभावक भेला सम्पन्न गरेकोछ । सोमबार समन्न भेलाबाट आगामी ३ बर्षसम्मका लागि बिधालय ब्यबस्थापन समिति समेत गठन गरिएकोछ । भेलाले तुलाराज स्याङ्तान ( बुद्ध )लाई अध्यक्षमा सर्वसम्मत ढङ्गबाट चयन गरिएको छ । स्याङ्तान सङसङ्गै गोपिलाल बि.क .,शान्ती माया थिङ र एलिशिवा थिङ सर्वसम्मत कार्य समितिमा चुनिएकाहुन् ।

नेपाल सरकारको पछिल्लो शिक्षा ऐन संसोधन पश्चात् जम्मा ७ सदस्यीय कार्यसमिति रहने ब्यबस्था अनुरुप ४ जना अभिभावकबाट र शिक्षक प्रतिनिधि,जनप्रतिनिधि र सदस्य सचिव ( बिधालय प्र.अ.) गरि ३ जना थप भई कार्य समितिले पुर्णता पाउने प्राबधान रहेकोछ ।

यस्तै भेलाबाटै शिक्षक अभिभावक संघका अध्यक्षमा जानुका झ्याडी (मगर) सर्वसम्मत भएकाछन्।
कार्यक्रममा एसईई पास भएका बिधार्थीहरुलाई सम्मान, उत्कृष्ट शिक्षक सम्मान, भुतपुर्व बिब्यस अध्यक्ष , जग्गादाता र बिधालयको अक्षयकोषमा सहयोग गर्ने सहयोगीदाता सम्मान लगाएत शैक्षिक सत्र २०८२ को बार्षिक परिक्षामा उत्कृष्ट हुने बिधार्थीलाई पुरस्कृत गरिएको थियो ।
बिधालयको आर्थिक तथा शैक्षिक प्रतिबेदन बिधालयका प्रधानाध्यापक तथा बिब्यस सदस्य सचिव सुवास श्रेष्ठले प्रस्तुत गरिएको थियो ।
बिधालयको भौतिक अवस्था प्रयाप्त रहेको र अब शैक्षिक सुधारको लागि बिधालय लाग्नुपर्ने मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलिले बिधालयको हरेक पाईलामा पालिका सङ्गसङ्गै रहेको बताए।
बिधालय सुधारको लागि अभिभावकनै पहिला सजक रहनुपर्ने भन्दै वडा अध्यक्ष युवराज थपलियाले बिधालयलाई शैक्षिक हब बनाउनकै लागि यस शैक्षिक सत्र देखि स्कुल बस सन्चालनमा ल्याईएको बताउनुभयो ।
बिधालयले यस बर्ष देखि स्थानिय पालिका सरकारको सहयोगमा स्कुल बस सन्चालनमा ल्याए सङ्गै बिधार्थीको संख्यामा समेत वृद्धि भएकोछ । कार्यक्रम बिब्यस अध्यक्ष शिव लाल मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
https://shorturl.fm/YDVaX
https://shorturl.fm/WWuHc
https://shorturl.fm/SQOnB
https://shorturl.fm/yvdP1
https://shorturl.fm/RJvyB
https://shorturl.fm/G5Pq7
https://shorturl.fm/yskGF
https://shorturl.fm/9GmYK
https://shorturl.fm/ZTv2N
https://shorturl.fm/bz8l7
https://shorturl.fm/E9U0R
https://shorturl.fm/64IAB
https://shorturl.fm/sv8lB
https://shorturl.fm/XvIyK
https://shorturl.fm/ehsXV
https://shorturl.fm/bypCy
https://shorturl.fm/sZwbb