प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको अध्यक्षमा ध्रुव अधिकारी निर्वाचित भएकाछन् । झण्डै दुई दशक आधा नेपाली पत्रकारिता जगतमा निरन्तर आवद्ध रहिरहेका अधिकारी राजधानी र बाईलाईन अनलाईन मार्फत नेपाली पत्रकारितामा अनबरत रुपमा लागि परिरहनु भएकोछ । मकवानपुरे पत्रकार अधिकारी अघिल्लो कार्यसमितिमा महासचिव पदमा रहेर काम गरोसक्नुभएकोछ ।

अधिकारीलाई सिन्धुपाल्चोक सुकुटेमा सम्पन्न पाचौं अधिवेशनले सर्बसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो । अध्यक्षमा ध्रुव अधिकारी सहित उपाध्यक्ष खुल्ला तर्फ राजन अधिकारी, उपाध्यक्ष समावेशी तर्फ गाैतम जिरेल,
उपाध्यक्ष महिला तर्फ अन्जली तामाङ,महासचिव नवीन श्रेष्ठ ,सचिव खुल्ला सुमन गैरे,सचिव खुल्ला मणि सुन्दर काेइराला,सचिव जनजाति राेजन तामाङ ,सचिव महिला भावना रिजाल,सचिव दलित गम्भीर वि.क.,काेषाध्यक्ष राजेन्द्र गजुरेल,सदस्यहरू सरला अधिकारी, गिता अधिकारी,नवराज अधिकारी ,मनाेज दाहाल,अनिल अधिकारी ,यादव चाैलागाई,रूपा अर्याल,रूपा गुरूङ
कमला स्याङ्तान,अस्मिता,उमेश राई,कविता नेपाली
गाेपिलाल तामाङ सर्बसम्मत निर्वाचित भएकाछन् । त्यस्तै गरि लेखा संयाेजक बाल गाेविन्द न्याैपाने
र अनुशासन संयाेजक मिना श्रेष्ठ पनि सर्बसम्मत निर्वाचित हुनु भएकोछ ।

अधिबेशनमा पुर्व सभामुख पार्टीका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटा, प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगल, पार्टी केन्द्रिय सदस्य केशब नेपाल, पार्टी बागमती प्रदेश कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य माननीय सरल सहयात्री,सिन्धुपाल्चोक जिल्ला पार्टी संयोजक गोबिन्द पराजुली,प्रेस सेन्टर नेपाल वरिष्ठ केन्द्रिय उपाध्यक्ष कमल गिरि ,केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का,केन्द्रिय उपाध्यक्ष निर्मल ज्ञवाली,केन्द्रिय उपाध्यक्ष गङ्गा बराल,केन्द्रिय महासचिव संतोष पौडेल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर,प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष ध्रुब दङ्गाल लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.