फेब्रुअरी महिनाको तेश्रो शनिवार मनाइृने विश्व पेन्गोलिन (सालक) दिवस सालक संरक्षण्मा युवा भन्नेका नाराका साथ युवाहरु माझ स्काउट सिकाउदै आएको पेन्गोलिन ओपन स्काउट क्रियुले सालकको जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सालक लजालु स्वभावको निशाचर स्तनधारी प्राणी हो । कत्ला आकारको खपडाले ढाकेको शरीर भएको जनावर हो भने प्राकृतिक रुपमा नै रहेका धमिरा र किराहरु खाएर बाच्ने जमिन मुनि बस्ने प्राणी हो । विश्वभर ८ प्रकारका प्रजातिका पेन्गोलिन पाईन्छ । नेपालमा ४५ जिल्लामा पाइन्छ त्यसमा पनि चाइनिज पेन्गोलिन (कालो सालक) र इन्डियन पेन्गोलिन (तामे सालक) २ वटा प्रजाति बढी पाईन्छ । मकवानपुर जिल्लाको गौरव गर्ने पहिचानको रुपमा सालकलाई लिनुपर्ने अभियान्तको रुपमा युवा स्काउटहरुलाई समेटेर पेन्गोलिन ओपन कियुुले आज अभिमुखीकरा कार्यक्रम गरेको छ ।

राष्ट्रिय निकुञ्ज ऐन २०२९ ले यसलाई संरक्षित स्तनधारी जनावरमा राखेको छ । तामे सालकलाई संकटापन्न र कालो सालकलाई अति संकटापन्न श्रेणीमा राखेको छ । विभिन्न अन्धविश्वास र औषधि बनाउने र विलासिताका सामानहरु बनाउन मासुु र खपटाको लागि सालकको चोरी सिकारी हुने गर्दछ । कानुनी हिसाबमा उच्च प्राथमिकतामा गैडा, बाघ र हात्तिहरुलाई राखे जस्तै सालकलाई पनि चोरी निकासी गरेमा राष्ट्रिय निकुञ्ज ऐन २६ अनुशार १–१० लाख सम्म जरिवाना र १ देखि १५ बर्ष सम्म कैदको व्यवस्था गरेको छ । तर पनिसरकारले र राष्ट्रिय निकुञ्जले सालकको संरक्षण र प्रचारप्रसारमा धेरै आर्थीक लगानी गरेको देखिदैन । यसलै समुदाय स्तरबाट जनचेतनामुलक कार्यक्रमहरु गर्दे स्काउटका हरेक कार्यक्रमहरुमा सालकको बारेमा जानकारी दिदै सालक संरक्षणका लागि रचनात्मक कार्यक्रम गर्ने गरेको सालक संरक्षण अभियान्ता तथा पेन्गोलन ओपन स्काउट क्रियुका रोभर लिडर अशोक सारु मगरले सालक सम्वन्धि अभिमुखीकरण कार्यक्रम र सालक संरक्षणका नाराहरु लेखेको पामप्लेट तथा पोष्टर प्रर्दशन गरेको बताउनुभयो ।