मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले ह्याङ्ला सोनाम् ल्होछार धिम् को उद्घाटन गर्नुभएको हो । मनहरी ७ स्थित बुद्ध शान्ती पार्क परिसरमा नब निर्मित सोनाम् ल्होछार धिम् को मंगलबार बिहान उपाध्यक्ष मगरले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका उपाध्यक्ष मगरले उक्त ल्होछार धिम् निर्माणको लागि ११ लाख बजेट उपाध्यक्ष कोषबाट छुट्टाउनु भएको थियो ।

उद्घाटन समारोहमा बोल्नुहुदै उपाध्यक्ष मगरले मनहरीमा उक्त संरचना बने सङ्गै पछिल्लो समय खुल्ला र फराकिलो स्थानमा ब्यबस्थित कार्यक्रम स्थलको अभाव खड्किन नदिनेमा बिश्वस्त रहेको बताउनुभयो । नबनिर्मित उक्त ल्होछार धिम् लाई स्टेज तथा अन्य कार्यक्रमको प्रयोजनको लागि उपयुक्त रहने भन्दै बहुउपयोगी भवनको रुपमा स्थापित हुनेमा बिश्वस्त रहेको उपाध्यक्ष मगरले बताउनुभयो ।
२० दिन भित्र निर्माण कार्य सम्पन्न भएको उक्त स्थानमै तामाङ समुदायको महान चाड सोनाम ल्होछार मनाउनको लागि सोही स्टेजको प्रयोग गर्नेछ । सोनाम ल्होछार मेला तथा बृहत सास्कृतिक कार्यक्रमका संयोजक सुरेश मुक्तानको सभाध्यक्षतामा सम्पन्न धिम् उद्घाटनमा विभिन्न धार्मिक ब्यक्ति, सामाजिक अगुवा , समाजसेवीहरुको उपस्थितिमा लामा बिधिबाट पाठ पुजा गरि उद्घाटन गरिएको हो ।