नारी सीप सृजना केन्द्र मकवानपुरले राक्सिराङ्ग गाउँपालिकामा बर्ष २०२५ को लागि संचालन हुने कार्यक्रमको रुपरेखा प्रस्तुत गरेकोछ । राक्सिराङ्ग गाउँपालिकाको कार्यलयमा आयोजित छलफल तथा बैठकबाट कार्यक्रमको रुपरेखा प्रस्तुत भएकोहो ।
मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना कार्यक्रम अन्तरगत नारी सीप सृजना केन्द्रले AWO International र BMZ संगको साझेदारीतामा राक्सिराङ्ग गाउँपालिका भित्रका ७ वटा वडाहरु( १,२,३,४,५,८ र ९ ) मा सचेतनामुलक तथा जिबिकोपार्जन लगाएतका कार्यक्रम सन्चालन गर्दै आईरहेकोछ ।
सस्थाले राक्सिराङ्गमा कार्यक्षेत्र बनाई काम गरेको ५ बर्ष पूरा गरि ६ औं बर्षमा प्रबेश गरेकोछ । बर्ष २०२५ को लागि सन्चालन गरिने कार्यक्रमको रुपरेखा परियोजनाका संयोजक ज्योती बोम्जनले प्रस्तुत गर्नुभएको थियो । सस्थाले अति सिमान्तकृत ब्यक्ती,कमजोर अवस्थाका ब्यक्तिहरु, बसाइँसराइ सम्भावित र बसाइँसराइबाट फर्केका ब्यक्ति र तिनका परिवारलाई लक्षित गरि सचेतना तथा जिविकोपार्जनका लागि तालिम तथा बिउपुजी रकम हस्तान्तरण गर्ने कार्य गर्दै आईरहेको र सिंचाइ तथा खानेपानी जस्ता महत्वपूर्ण क्षेत्रमा आफ्नो उपस्थिति जनाउदै आईरहेकोछ । बर्ष २०२५ को लागि पनि उहीँ प्रकृतिका कार्यक्रमले निरन्तरता प्राप्त गर्ने संयोजक बोम्जनले जानकारी दिनुभयो । बर्ष २०२५ मा ३ वटा सिंचाइ,कृषि सहकारी तथा सप्लायर्शरुसङ्ग अन्तरक्रिया,बङ्गुर पालन तालिम तथा सहयोग, मौरी पालन सम्बन्धी तालिम तथा सहयोग, बाख्रा पालन सम्बन्धि तालिम तथा सहयोग र हात धुने स्थानहरुको निर्माण लगाएत अन्य क्षेत्रमा काम गर्ने कार्य तालिका रहेको समेत छलफलमा जानकारी दिईएको थियो ।
जनप्रतिनिधि ,पालिकामा कार्यरत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि ,बिधालयका प्रतिनिधि, टोल बिकास समिती,सहकारी,सुरक्षाकर्मी ,सन्चारकर्मी लगएत अन्यको सहभागिता रहेको थियो ।