दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कपको तेश्रो दिनको खेलमा जनसिद्ध ए र बि बिजयी भोलि ३ वटा खेल हुने

दोस्रो वडा अध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिताको आज भएको तेस्रो दिनको पहिलो खेल जनसिद्ध युवा क्लब (ए ) बिजयी भएकोछ । जनसिद्ध युवा क्लब र खेलकुद विकास समिति (बि) बिच भएको खेलमा जनसिद्ध युवा क्लबले ५ – २ गोल अन्तरले जनसिद्ध बिजयी भएको हो ।

त्यस्तै गरि आजै भएको दोस्रो खेलमा जनसिद्ध युवा क्लब (बि) र खेलकुद विकास समिति (सि ) बिच भएको खेलमा जनसिद्ध युवा क्लब बिजयी भएकोछ । जनसिद्ध (बि ) ले खेलकुद विकास समितिका (सि ) लाई २-० गोलको अन्तरले बिजयी भएकोछ ।

आज सम्पन्न खेलको म्यान अफ द म्याच हुनेमा जनसिद्ध” ए ” र “बि” का खेलाडी जर्सी नम्बर ११ को सबिन लामा र जर्सी नम्बर १ को इमान सि थिङ रहेकाछन्।

दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कपमा भोलि २९ गते ३ वटा खेल सन्चालन हुने आयोजक खेलकुद बिकास समिती मनहरी २ नम्बर वडाले जानकारी दिएकोछ ।

पहिलो खेल ११:३० बजे देखी जनआदर्श एफसि मनहरी -३ भर्सेज नयाँबस्ती एफसि मनहरी ४ मसिने बिच हुनेछ। त्यसै दोस्रो खेल ०१:३० बजे देखी संचालन हुनेछ ।जसमा खेलकुद विकास समिति ( ए) भर्सेज मनहरी गाउँपालिका ४ मसिने र तेस्रो खेल मनहरी वडा नं,८ भर्सेज मनहरी वडा नं ५ बिच ३:०० बजे देखी सुरु हुनेछ ।

२७ गते भएको खेलमा वडा नम्बर ७ र ९ नम्बर वडाले आआफ्नो खेल जितिसकेकाछन्।

 

मनहरी २ को त्रीरत्न आधारभुत बिधालयको खेल मैदानमा जारी ९ ए साईड र नक आउटको आधारमा प्रतियोगिताको बिजेता टोलिले नगद रु. ५०,५५५/- र उपबिजेताले नगद रु. २५,५५५/- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलको म्यान अफ द म्याच ,खेल अबधी भरिकै बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता,डिफेन्डर,स्ट्राईकर र मिड फिल्डर पनि घोषित गरिने खेलकुद बिकास समिती मनहरी २ का संयोजक शुक्र राम मुक्तानले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.