दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबलको उद्घाटन खेलमा रमौलीको पहिलो जित

मनहरी गाउँपालिका वडा नम्बर २ मा शुरु भएको दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता आज पौष २६ गतेबाट शुरु भएकोछ । प्रतियोगिताको उद्घाटन खेलमा चुरियामाई युवा क्लब CYC मनहरी ७ रमौलीले बिजयी यात्रा शुरु गरेकोछ ।

रमौलीले लामिटार युथ क्लबलाई ४-२ को गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । रमौलीको लागि किरण राउतले २ गोल समीर अर्यालले १ र सुरज अर्यालले १ गोल गरे । त्यस्तै लामिटार युथ क्लबले २ गोल फर्काउन सफल भए । लामिटारको तर्फबाट सुजन राईले एक गोल र अर्को पेनाल्टी मार्फत गोल फर्काए ।
आजको खेलको म्यान अफ द म्याच CYC रमौलीका खेलाडी रोशन सुवेदी भए । म्यान अफ द म्याच घोषित सुबेदीलाई मनहरी गाउँपालिका २ नम्बर वडाका अध्यक्ष एबम कार्यक्रमका अतिथि राजकुमार पाख्रिनले ट्रफी हस्तान्तरण गर्नुभयो ।

पालिका भित्रका १६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा उद्घाटन खेलमा मनहरी ३ लामिटार CYC रमौलीले ४-२ गोल अन्तरमा खेल जित्न सफल भएकोछ । रमौलिको जीतमा किरण राउतको २ गोल , समीर अर्यालले १ गोल र सुरज अर्यालले १ गोल गरे त्यस्तै लामिटारको तर्फबाट सुजन राईले१ गोल गरे भने एक गोल पेनाल्टी मार्फत गरि २ गोल फर्काउन सफल भए ।

 

त्रिरत्न आधारभुत बिधालयको खेल मैदानमा सन्चालन भईरहेको प्रतियोगितामा भोलि दुई खेल हुने आयोजक खेलकुद बिकास समिती २ नम्बर वडाले जनाएकोछ । शनिबार पहिलो खेल १२:३० बजे RRYC मनहरी ३ र मनहरी ७ नम्वर बिच र दोश्रो खेल मनहरी ९ भर्सेज नमुना युवा क्लब मनहरी १ बिच दिउँसो २:३० बजे खेल हुने आयोजकले जनाएकोछ ।

मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको बिशिष्ट अतिथ्यता रहेको थियो । त्यस्तै गरि वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर १ का अध्यक्ष शिव प्रसाद खनाल, नेकपा मकवानपुर ईन्चार्ज राम सि वाटर , जिल्ला खेलकुद बिकास समिती मकवानपुर अध्यक्ष राजकुमार लामा, त्रिरत्न आबिका प्रअ कृष्ण घलान, साना किसान कृषि सहकारी हाँडिखोलाका उपाध्यक्ष शान्ता तितुङ लगाएत अन्यको आतिथ्यता रहेको थियो । कार्यक्रममा खेलकुद बिकास समिती मनहरी २ सम्योजक सुकराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतियोगिता माघ ५ गते सम्म सन्चालन हुनेछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.