साना किसान मनहरीद्वारा ४५ लाख भन्दा बढी शेयर लाभांश बितरण

मकवानपुर जिल्लाकै सबै भन्दा बढी कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था मनहरी ८ सिम्पानीले शेयर लाभांश बितरण गरेकोछ ।

संस्थाले आर्थिक बर्ष २०८०/०८१ को नाफाबाट शेयर लाभांश १८ प्रतिशतका दरले ४५ लाख ९५ हजार र नौ सय पैसट्ठी रुपैयाँ शेयर सदस्यलाई बितरण गरेकोहो । मिति २०८१ कात्तिक ११ गते बसेको समितीको बैठकको निर्णय अनुसार संस्थाले उक्त रकम पौष २२ गते शेयर सदस्यको खातमा जम्मा गरिएको हो ।

संस्थमा आवद्ध २ हजार र ४ सय अन्ठाउन्न जना सक्रिय सदस्यलाई बोनस बितरण गरेको संस्थाका अध्यक्ष बिमला कार्कीले जानकारी दिनुभयो ।

संस्थाले दैनिक, मासिक बचत तथा ऋण प्रबाहका साथसाथै दूध संकलन , चिस्यान केन्द्र , सहुलियत मल तथा बिषाधी पसल , गोबर परिक्षण लगाएत अन्य सेवा प्रदान गर्दै आईरहेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.