मकवानपुरे कलाकार इन्द्रमान आत्मा उर्फ आलु दाईको तिम्रो बुढो बिदेशमा हो बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
केहि समय अगाडी तिम्रो बुढो बिदेशमा हो भन्ने बोलको गीतको सानो क्लिप सामाजिक संजाल टिकटक फेसबुक लगायतमा भाइरल भएपछी आफुले गीतको म्युजिक भिडियो नै सार्वजनिक गरेको आलु दाईले बताए।
स्वर,शब्द ,संगीत आलु दाईको रहेको छ भने ऋतु बस्नेत अमर लामा र आलु दाई लगायतले अभिनय गरेका छन् ।
आलु दाई’ नामको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोलाई चौबिस घण्टा नबित्दै एक लाख जनाले हेरिएको र यो समाचार तयार पार्दासम्म दुई लाख पचपन्न हजार जनाले हेरिसकेका छन्।
लामो समय देखि संचार क्षेत्रमा कार्यरत उनि अहिले भने सामाजिक संजालमा निकै चर्चा कमाई रहेका छन् उनले सामाजिक संजालबाट आफुले बिभिन्न मेला महोत्सवतिर गीत गाएर लिएको पारिश्रमिकबाट केहि रकम दिन दुखि अशक्त विरामीहरुलाई सहयोग गर्दै आएका छन् ।