राक्सिराङ्गले माघ १४ गते देखि राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता गर्ने

राक्सिराङ्ग गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८१ यहि माघ १४ देखि संचालन गर्ने भएकोछ । आज मङ्गलबार पालिकामा बसेको शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिका स्तरीय अन्तर बिधालय बिच छनोट प्रतियोगिता गर्न लागिएको शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिनुभयो । साथै राक्सिराङ्ग ३ नम्बरमा अवस्थित सुर्योदय माध्यामिक बिधालयमा छनोट प्रतियोगिता सन्चालन गरिने उहाँले बताउनुभयो । तेश्रो अन्तर बिधालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा पालिका भित्र रहेका ९ वटा आ बि र ६ वटा माबिलाई सहभागी गराईने र माबि तह अनिवार्य सहभागी हुनु पर्ने समेत बैठकले निर्णय गरेकोछ ।

बैठकलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अधिकतम भन्दा अधिकतम बिधालयलाई सहभागी बनाउन तर्फ लाग्न समितिलाई निर्देशन दिनुभयो । साथै प्रतियोगितालाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि योजनाबद्ध ढङ्गले लाग्न समेत समितिलाई आग्रह गर्नुभयो ।

प्रतियोगितामा १०० मिटर देखि ३००० मिटर छात्र/छात्रा दौड , त्यस्तै ४,१०० मिटर र ४,४०० मिटर रिले डौड, फिल्ड तर्फ लङ्जम, ट्रिपल जम्प,सर्टपट, जेभलिङ थ्रो,हाई जम्प, भलिबल,कबड्डी लगाएतका ईभेन्ट समाबेस गरिनेछ ।

पालिका सरकारबाट प्रतियोगिता सन्चालन्को लागि ४ लाख बिनियोजन गरिएकोछ। उक्त रकम खेल गतिबिधी सन्चालन र प्रतियोगितामा सहभागी स्कुलको ब्यबस्थापनको लागि खर्च गरिने शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.