दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल पौष २६ गते देखि शुरु हुने

मनहरी गाउँपालिका वडा नम्बर २ मा दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिता हुन लागेको हो । २ नम्बर वडाकै त्रिरत्न प्राबिको खेल मैदान दोभानमा हुने प्रतियोगितामा सहभागी जनाउन आयोजक २ नम्बर खेलकुद बिकास समितीले पालिका भित्रका टिमलाई आह्वान गरेकोछ ।

खेल ९ ए साईड र नक आउटको आधारमा खेलाईने प्रतियोगिताको बिजेता टोलिलाई नगद रु. ५०,५५५/- र उपबिजेताले नगद रु. २५,५५५/- सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलको म्यान अफ द म्याच ,खेल अबधी भित्र्को बेस्ट गोलकिपर, सर्बाधिक गोलकर्ता,डिफेन्डर,स्ट्राईकर र मिड फिल्डर पनि घोषित गरिने खेलकुद बिकास समिती मनहरी २ का संयोजक शुक्र राम मुक्तानले जानकारी दिनुभयो ।

पौष २६ गते देखि शुरु हुने खेलमा सहभागी टिमले पौष २५ गते सम्म टिम दर्ता गर्न पाईने आयोजकले जनाएकोछ । त्यस्तै गरि टिम दर्ताको लागि रु. ३,५००/-
राखिएकोछ ।

प्रथम सस्करणमा वडा नम्बर २ ले उपाधी जित्न सफल भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.