छोटो समयमा सबैको ध्यान खिच्न सफल राक्सिराङ्ग कृषि हाटबजार मेला शुरु हुने भएकोछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ५ चैनपुर स्थित हाटबजार स्थलमा लाग्ने मेला सफल पार्न पालिका लागि परिरहेकोछ ।
राक्सिराङ्ग भित्र पाईने रैथाने बाली देखि तरकारी फलफूल , साग सब्जी, सिस्नु , मह, गिट्ठा, कुचो, फापरको रोटि लगाएत अन्य चिज बस्तु उपलब्ध हुने मेलालाई राक्सिराङ्ग आसपासका समुदायले नजिकबाट नियाल्ने र अबलोकन एबम बजारिकरणमा सहजिकरण गर्दै आईरहेकोछ ।
राक्सिराङ्ग भित्र उत्पादित रैथाने बालिको बजारिकरण र कला सस्कृती संरक्षण एबम सम्बर्द्धन गर्ने हेतुले मेला आयोजना हुँदै आईरहेकोछ । हरेक महिनाको १ गते र १५ गते सन्चालन हुने कृषि हाटबजारमा किसानहरुलाई सोही हाटबजारबाट कृषि मल उपलब्ध गराईने देखि अन्य स्वास्थ्य उपचारका सेवा समेत रहिआएकोछ ।
राक्सिराङ्ग गाउँपालिकाले गत आर्थिक बर्षमा सन्चालन भएको वडागत हातबजारको मुल्यांकन गरि पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेकोछ । कार्यक्रममा बागमती प्रदेशका कृषि मन्त्री माननीय प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहने गाउँपालिकाले जनाएकोछ ।

कार्यक्रममा बिक्रिको लागि ल्याईएका किसानहरुलाई सहजता प्रदान गर्न यस पटक देखि गोदाम घरको समेत ब्यबस्थापन मिलाईएकोछ । त्यस्तै हाटबजारमा आउनेहरुको लागि बोटिङ्ग्को ब्यबस्थापन गर्न लागिएको पालिकाको कृषि शाखा प्रमुख कृष्ण दुम्रेले जानकारी दिनुभयो । उहाँको अनुसार यस पटक राक्सिराङ्गमै उत्पादित सुन्ताला र अकबरे खुर्सानी थप आकर्षणको केन्द्र बन्ने पनि जानकारी दिनुभयो । हाटबजार क्षेत्रको ब्यबस्थापनको लागि विभिन्न उपसमिती बनाई सबै आ आफ्नो काममा लागि परेको भन्दै सबैमा अबलोकन हाटबजारमा आईदिनुभई किनमेल गरिदिनुहुन आग्रह गर्नुभयो ।

मनहरी बजार प्रत्येक महिनाको १ गते र १५ गते बन्द रहने भएको हुँदा यस भन्दा अगाडिको हाटबजारमा निक्कै भिड रहेको देख्न पाईन्थ्यो । भौगोलिक बिकटताकै कारण यस बर्ष राक्सिराङ्गका केही वडाले आफ्नै वडा भित्र हाटबजार सन्चालन गरेको छ भने केहिले हाटबजार संचालन गर्ने तैयारी समेत रहेकोछ । राक्सिराङ्ग ३ नम्बर वडाले गत महिनामै सन्चालन गरिसकेकोछ भने वडा नम्वर ६ ले वडा भित्रै हाटबजार सन्चालन गर्ने तयारीमा जुटेकोछ ।