अन्तर मोबाईल व्यावसायी फुटसलको उपाधी मनहरीलाई

मोबाइल एसोसिएसन अफ मकवानपुर को आयोजनामा भएको अन्तर मोबाईल व्यावसायी फुटसलको उपाधी मनहरी मोबाईल यसोसियसनले जितेकोछ ।

शनिबार मकवानपुर गढी गाउँपालिकाको फुटसल ग्रउण्ड मक्रानचुलीमा सम्पन्न प्रतियोगितामा टिम त्रिखण्डीलाई ४-३ को गोल अन्तरले हराउँदै मनहरीले उपाधी जितेको हो ।

मकवानपुर जिल्ला भित्र रहेका म्यान मकवानपुरमा आवद्ध ६ वटा मोबाईल व्यावसायी एसोसिएसनहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टोलि मनहरीले नगद १० हजार रुपैयाँ सहित शिल्ड  र मेडल  प्राप्त गरे ।

मनहरी मोबाइल एसोसिएसनका महासचिव रूद्र मुक्तानको नेतृत्वमा मैदानमा उत्रेको थियो । त्यस्तै गरि टिम कोच सुदिप श्रेष्ठ र एनिस कर्मचार्य टिम म्यानेजर रहेको थियो ।

कार्यक्रमको उद्घाटन  प्रमुख अतिथी तथा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले  गरेका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.