चर्चित फुटबलर गोकुल राउत स्मृति कपको दोश्रो संस्करण भोलिदेखी शुरु

मनहरीकै चर्चित एबम कुशल फुटबलर स्वर्गीय गोकुल राउतको स्मृतिमा सन्चालन हुँदै आईरहेको फुटबल प्रतियोगिताको दोश्रो संस्करण भोलि अर्थात मंसिर १५ गतेबाट शुरु हुने भएकोछ ।

मनहरी गाउँपालिका वडा नम्वर ७ रमौली स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजक मनहरी युथ क्लबका अध्यक्ष आशिष गुरुङले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाको समन्वयमा सन्चालन हुने प्ररियोगितामा शशस्त्र प्रहरी भण्डारा ,बागमती प्रदेश पुलिस हेटौंडा र सुनाचुरी आर्मी जस्ता बिभागिय टोलि सहित अन्य १२ टोलिको उपाधिको लागि प्रतिस्पर्धा रहनेछ ।

पहिलो सस्करणमा आयोजकले उपाधिको रक्षा गर्न सफल भएको थियो भने सोहि क्रमलाई निरन्तरता दिनको लागि यसपाली पनि कसरत रहने बिश्वास ब्यक्त गर्दै क्लबका अध्यक्ष गुरुङले प्ररियोगिता सभ्य र भब्य रहनेमा आयोजक बिश्वस्त रहेको बताउनुभयो । साथै कार्यक्रमलाई सभ्य र भब्य बनाउनको लागि सरोकारवाला सम्पुर्णलाई सहयोग र सहकार्य गरिदिन आग्रह समेत गर्नुभयो ।

“लागू औषध विरुद्धको गोल , खेलाडी उत्पादनमा जोड ” भन्ने मुल नारालाई आत्मसात गर्दै खेलाउन थालिएको प्रतियोगिताको बिजेराले नगद १ लाख रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै प्रतियोगितामा दोश्रो हुने टोलिले नगद ५० हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि खेल अवधिकै सर्बोत्कृष्ट खेलाडी घोषित हुने खेलाडिले नगद ३ हजार ५ सय रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रको साथमा ५ लाख बराबरको ३ बर्षसम्मलाई जीवन बिमा प्राप्त गर्नेछ । त्यस्तै हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद एक हजार सहित शिल्ड प्राप्त गर्नेछ ।

त्यस्तै बिधागत रुपमा उत्कृष्ट गोल रक्षकले नगद ३ हजार ५ सय सहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।त्यस्तै सर्वाधिक गोलकर्तालाई नगद ३ हजार ५ सय सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रथम पुरस्कार स्वरुप स्वर्गीय राउतको परिवारबाट १ लाख रुपैयाँ नगद प्रदान घोषणा गरिसकेकोछ । त्यस्तै दोश्रो पुरस्कार स्वरुप रेईवा ईन्टरनेश्नल एकेडेमी मनहरीले नगद ४० हजार रुपैयाँ प्रायोजन गरेको आयोजकले जानकारी दिईएकोछ ।

मनहरीमा फुटबलको माहोल बनाउन निक्कै महत्वपूर्ण भुमिका खेलेका स्वर्गीय राउतलाई मिति २०७२ माघ ३ गते सडक दुर्घटनामा गुमाउनु परेको थियो । निक्कै मेहेनती एबम कुशल खेल पस्कने अग्रजलाई गुमाउनु पर्दा मनहरीले फुटबलको अभिभावक गुमाउनु पुगेको भन्दै राउतले देखाएको बाटोमा मनहरीमा पछिल्लो समय राष्ट्रिय स्तरमा समेत आफ्नो प्रस्तुति दिईदै गर्दा खेललाई माया गर्ने स्वर्गीय राउतलाई सम्झिने एक उत्सबको रुपमा प्रतियोगितालाई लिईएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो ।

राउतको स्मृतिमा खेलाइने प्रतियोगिताको पहिलो संस्करण २०७७ साल मंसिर १५ गते देखि २३ गते सम्म संचालन भएको थियो ।

प्रतियोगिताको उद्घाटनमा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सीता पुलामी मगर (रेखा) को बिशिष्ट आतिथ्यता रहने आयोजकले जनाएकोछ । उद्घाटन खेल शनिबार दिउँसो १ बजेबाट सुचारु गरिने समेत आयोजकले जनाएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.