पुर्व जनमुक्ति सेना मनहरी गाउँपालिकाको अध्यक्षमा पुर्व प्लाटुन भिसि बिजय लम्साल सर्बसम्मत चयन हुनुभएकोछ ।
२३ औं जनमुक्ति सेना दिवसको अवसरमा मनहरी गाउँपालिका वडा नम्वर २ को एतिहासिक स्थल भिमानमा आयोजित शुभकामना आदन प्रदान तथा भेलाद्वारा लम्साललाई अध्यक्षमा सर्बसम्मत चयन गरिएको हो ।

कमिटीको अध्यक्ष लम्साल सङ्गै उपाध्यक्षमा ईमान सिंह थिङ, सचिब पुर्ण बहादुर घलान र लक्ष्मी घलान खड्कालाई कोषाध्यक्षमा सर्बसम्मत चयन गरेको हो । साथै भेलाले बाँकी रहेका सबै पुर्व जनमुक्ति सेनाहरु सदस्य रहने गरि कमिटी बनाईएको हो । नवगठित कमिटीलाई नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय सदस्य एबम निबर्तमान बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय संसद कुमारी मुक्तान, माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष एबम बागमती प्रदेश सभा सदस्य संसद माननीय प्रेम बहादुर पुलामी, पुर्व जनमुक्ति सेनाका बृगेड कमाण्डर तथा पुर्व बागमती प्रदेश सभा सदस्य संसद माननीय ओम बहादुर ग्लान, मकवानपुर जिल्ला समन्वय पार्टी सचिब वीर बहादुर घलान, बागमती प्रदेश पार्टी कमिटी सदस्य सीता पुलामी मगर , मनहरी गाउँपालिका पार्टी ईन्चार्ज रामहरी सुवेदी लगाएतका नेताहरुले माला तथा खादा लगाएर बधाई दिनुभएको थियो ।

मनहरी गाउँपालिकामा ४६ जनाको हाराहारीमा पुर्व जनमुक्ति सेना रहेको र हाल वैदेशिक रोजगारी तथा रोजगारको शिलशिलामा केही मनहरी बाहिर रहेको कार्यक्रममा जानकारी गराईएको थियो । बिबिध कारणका बिच २५ जना पुर्व जनमुक्ति सेनाहरु कार्यक्रममा उपस्थिती भएको आयोजकले जानकारी दिए ।

जनमुक्ति सेना स्थापना भएको स्मरणमा कुनै दिन देश र जनताको लागि समतामुलक समाजको निर्माणको लागि एक ढिक्का हुँदै मृत्योको कफन बाधेर युद्धको मोर्चामा उत्रिएका सबै योद्धा घाईते अपाङ्गहरु एक ठाउँमा रहन आवश्यक रहेको भन्दै सहिदको सपना र बलिदानलाई आँच पुर्याउनु नहुनेमा उनिहरुको जोड रहेको थियो ।कार्यक्रम पुर्व जनमुक्ति सेना कुशलको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।