राक्सिराङ्ग गाउँपालिकाको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिनमा १ सय ७० जनाले स्वास्थ्य परिक्षण गरिएको राक्सिराङ्ग गाउँपालिका स्वास्थ शाखा प्रमुख बिजय कापरीले जानकारी दिनुभयो । मंसिर २ र ३ गते गरि दुई दिनसम्म
सन्चालन हुने शिविरलाई राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गर्नुभएको थियो । उद्घाटनलाई सम्बोधन गर्नुहुदै जनता स्वस्थ रहे राज्य स्वस्थ रहने भन्दै समयमै रोगको निदान गरि उपचारमा लाग्न र उपचार खर्च नभएकाहरुको लागि पालिकाले निःशुल्क स्वास्थ शिविरको आयोजना गरिएको बराउनुभयो ।

राक्सिराङ्ग ९ को खैराङ्ग स्वास्थ्य चौकीमा भएको शिविरमा अमेरिकन मेडिकल बोर्डद्वारा प्रमाणित चिकित्सकको टोलि र राक्सिराङ्ग अस्पतालका डाक्टर सहितको टोलिद्वारा बिरामी जाँच तथा नि:शुल्क औषधि बितरण गरिएको हो ।
शिविरमा उच्च रक्तचाप,मधुमेह,थाईराईड,दम,फोक्सो सम्बन्धी रोग,चिन्ता, बाथ सम्बन्धी रोग,पखाला,कब्जियत र स्त्रीरोग सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

अमेरिकी डाक्टर पामेला टिप्लेर,डा.अभियान जंग बिष्ट, डा.मुस्कान बास्कोटा, डा.सुरुची पौडेल र डा. योग नेहर श्रेष्ठ आदिको संयुक्त टोलिले बिरामिहरुको जाँच गरिएको हो ।
शिविरमा घन्टौं घण्टाको बाटो हिडेरै भएपनी आएर सेवा लिएका थिए । अपाङ्ग, दृष्टि बिहिन, जेष्ठ नागरिक र महिलाको बाक्लो सहभागिता रहेको थियो । त्यस्तै शिविरमा जन्तर नेपालले क्षयरोगको संका लागेकाहरुको खकारको नमुना संकलन गरेको थियो । शिविर भोलि अर्थात मंसिर ३ गते सम्म सन्चालन हुने गाउँपालिकाले जानकारी दिएकोछ ।

शिविरलाई थप ब्यबस्थित र मर्यादित बनाउनको लागि डण्टार प्रहरी चौकी र नगर प्रहरी सहित महिला स्वास्थ्य स्वयम् सेवि र पालिकाका अन्य स्वास्थ्यकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो ।