टाई ब्रेकरमा भारतलाई ४-२ गोल अन्तरले स्तब्ध पार्दै नेपाल साफ महिला फुटबलको फाईनलमा

पाँच पटकको साफ महिला फुटबल प्रतियोगिताका बिजेता टोलि भारतलाई स्तब्ध पार्दै नेपाल फाईनलमा प्रबेश गरेकोछ ।

दशरथ रंगशाला काठमाण्डौमा निक्कै तनाव ग्रस्त अवस्थामा खेल खेलाईएको थियो। रेफ्रीको अपरिपक्क निर्णयको कारण दोश्रो हाल्फ पुन सन्चालन गर्नुपरेको थियो । भारतले नेपाल माथी १-० को नतिजा निकाल्दै भारतका खेलाडी अफिसियलसङ्ग चेयर अप गर्दै गर्दा रेफ्रीले नेपाली टोलिलाई बल चलाउन सिट्टि बजाए र गोलको संकेत समेत गरेका थिए । तत्काल मुख्य रेफ्रीले गोललाई अमान्य भन्दै आफ्नै निर्णय फिर्ता लिएका थिए । प्रीती राईको प्राहार सिदै गोलको जाली चुमेता पनि नेपाली टोलिको गोलको खुशी क्षण भरमै निराशामा परिणत भएको थियो ।

तनावग्रस्त अवस्थामा खेलमा फर्किएका नेपाली टोलिले पृती राईको शुन्दर पासलाई भारतिय गोल रक्षक र डिफेण्डरलाई चक्मा दिदै बललाई गोल पोष्टको जाली चुमाएका थिए ।

निर्धारित समयमा दुबै टोलिबाट १-१ गोलमा खेल सकिएपछी खेल टाई ब्रेकरमा पुगेको थियो ।
भारतका खेलाडीको एउटा पोष्टमा ठोकिँदै बाहिरियो भने एउटा बल नेपालका गोल रक्षकले बचाउ गरेका थिए।
यो हार सङ्गै भारतको छैटौं पटकको साफ वुमन च्याम्पियनको उपाधिको रेसबाट बाहिरिनु परेकोछ ।

रेखा पौडेलले दुई पटकको पहेलो कार्ड प्राप्त गरेसङ्गै रातो कार्ड प्राप्त गरेपछी दश खेलाडीमा सिमित नेपालले भारतलाई निक्कै दबाबमा राखेको थियो । आजै भएको पहिलो सेमि फाईनलको खेलमा बङ्लादेशले भुटानमाथी जित हात पार्दै फाईनलमा स्थान सुरक्षित गरिसकेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.