फलो अप : चट्याङ लागेर घाईतेको थप उपचारका लागि भरतपुर सरकारी अस्पताल रिफर

बिहिबार साँझ परेको चट्याङका कारण घाईते २ जना बिरामीको थप उपचारको लागि भरतपुर सरकारी अस्पताल रिफर गरिएकोछ ।

रासिराङ्ग ८ धुसाबगरमा बस्ने तिलक घलानको छोरा बर्ष १५ को सुबास घलान र घलानको काकी अनिल घलानको श्रीमती बर्ष ३४ को सुस्मिता घलान घाईते भएका थिए ।

मनहरी अस्पतालमा घाईतेहरुको सामान्य उपचार पस्चात थप उपचारको लागि भरतपुर रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिए ।

घाईते महिलाको शरिरको बायाँ भागको हात खुट्टा नचल्ने र युवाको टाउँको पछाडी भागमा समस्या देखिएको कारण थप उपचारको लागि भरतपुर रिफर गरिएको ईप्रका मनहरीले जानकारी दिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.