आज मनहरी महोत्सबमा कट्टा हान्न आउँदै एलिना चौहान

मनहरीमा जारी पाचौं मनहरी महोत्सवको एघारौं दिन पछिल्लो समय सर्बाधिक चर्चामा रहन सफल गायिका एलिना चौहान आउँदैछन्।

युवा जगतमा उनको गित निक्कैनै चर्चामा रहदै आईरहेकोछ । धोखेबाज हौ तिमी बोलको गितले ईतिहास रचे पछि एक पछि अर्को महोत्सवमा उनको माग बढेकोछ । पछिल्लो समयमा मायामा धोका दिने केटालाई कट्टा हान्दिन्छु भन्दै नयाँ गित निस्किएको छ ।जुन गितले अहिले सबैको मुखमा झुन्डिएको पाउछौं। सोही गितलाई लिएर आज मनहरी महोत्सबमा कट्टा हान्न आउँदैछ ।

मनहरीमा उनको प्रस्तुतिलाई लिएर सबै उत्सुक देखिन्छन् । पहिलो पटक मनहरी आउँदै गरेको चौहानलाई ज्योती मगरलाई झै साथ दिने अनुमान गरिएको छ ।

उनी सङ्गै मकवानपुरे चेली राष्ट्रिय लोक तथा दोहोरी गायिका चन्दा अर्यालको प्रस्तुती पनि रहनेछ । स्याउ ल्याईदिउकी केरा र खान्न म त पिँडालु कोक्यायो बोलको गित लगाएत थुप्रै हिट गित दिएका गायिकालाई मनहरी महोत्सबमा स्थान दिईएको कारण आजको महोत्सब तात्ने अनुमान गरिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.