मनहरी महोत्सवमा आज मनोज गजुरेलको हसाउने पालो

पाचौं मनहरी महोत्सवको चौथो दिन नेपालकै वरिष्ठ हास्य कलाकार मनोज गजुरेल आउदैछ । मनहरी महोत्सवमा उनै वरिष्ठ हास्य कलाकार गजुरेलको प्रस्तुती दर्शकले हेर्न पाउनेछ ।

महोत्सबमा आउनका लागि गजुरेलले आफ्नो फेसबुक एकाउन्टबाट मनहरी महोत्सबमा आउने जानकारीमुलक सन्देश राखेकाछन् । साथै माघ १९ गते आफ्नो प्रस्तुती रहने भएकोले दर्शकलाई महोत्सवमा आईदिन आग्रह समेत गरेकाछन् ।

बहु प्रतिभाका धनी गजुरेल कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदि कहिले ओसो कहिले पुर्ब प्रधानमन्त्री शेर बहादुर देउबा कहिले पुर्ब अमेरिकी राष्ट्रपती डोनाल ट्रम र कहिले आफ्नै आमाको दुरुस्तै कपि गरेर आम दर्शकलाई रमाईलो प्रदान दिईदै आईरहेकोछ । आज मनहरी महोत्सवमा उनको कुन रुप हेर्न पाउने हो भन्ने कुरा महोत्सवमै आएर हेर्न जरुरीछ ।

आजै महोत्सबमा गजुरेलले दर्शकलाई हसाउनेछन् भने गायक द्वय विशाल काल्तान र चर्चित लोक गायक कृष्ण रेउलेले दर्शकलाई नचाउनेछन् । साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीले जानकारी दिएकोछ ।

कृषि , पर्यटन र व्यापार ग्रामिण बिकासको मूल आधार भन्ने नाराका साथ संचालन भईरहेको महोत्सबमा स्थानिय उत्पादन सहित ब्यापारिक स्टलहरु रहेकाछन्।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.