मनहरी महोत्सवको लागि चेपाङ घर निर्माण हुँदै पान्दे आफै धुरी चढे

पाचौं मनहरी महोत्सवको पुर्ब सन्ध्यामा महोत्सवको लागि स्टल देखि बाल उद्यान लगाएत अन्य भौतिक निर्माणका कार्य द्रुत गतिमा भईरहेकोछ । यसै बिच मनहरी महोत्सवलाई बिशेष बनाउने बिश्वास लिईएको चेपाङ घरको निर्माण पनि द्रुत गतिमा भईरहेकोछ ।


चेपाङ घर बन्नु त सामान्यनै हो तर चेपाङ समुदायका अगुवा मान बहादुर प्रजा चेपाङ समुदायका पान्दे आफै निर्माणधिन घर छाउन आफै धुरी चढेकाहुन्। मनहरी ७ प्यान्चे घर भएका चेपाङ पान्दे मान बहादुरले आफ्नो कला ,सस्कृती महोत्सवमा आउने आम जनतालाई देखाउने अवसर दिने आयोजक उद्योग बाणिज्य पश्चिम क्षेत्र समिती मनहरीलाई धन्यवाद समेत दिए ।

महोत्सवको मुल गेटसङ्गै दाईने पट्टि निर्माण भई रहेको चेपाङ घरमा महोत्सव अबधीभर चेपाङ समुदायको सस्कृती सम्बन्धी जानकारी दिने र ढ्याङ्रो फलाक्ने लगाएतका अन्य गतिबिधी निरन्तर चल्ने चेपाङ पान्दे मान बहादुरले बताउनुभयो ।

पछिल्लो समयमा चेपाङ समुदायका मान्छेहरुले आफ्नो धर्म बिर्सदै गएकोले आफ्नो समुदायको कला सस्कृती लोप हुने अवस्थामा पुगेको प्रती चिन्तित रहेको पनि बताउनुभयो । पान्दे मान बहादुर आफ्ना आफन्तको सहयोग लिएर महोत्सवमा प्रदर्शनीमा रहने चेपाङ घरको निर्माणमा लागेकाहुन्।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.