लामो समय देखी सिमान्तकृत समुदायका महिलाहरुको आर्थिक शशक्तिकरण र आर्थिक उपार्जनमा जोड दिदै लैङ्गीक हिंसा अन्त्यको लागि काम गर्दै आईरहेको सस्था मकवानपुर महिला उत्थान समाजले मनहरी गाउँपालिकाका सिमान्तकृत समुदायका महिलाहरुलाई अटो रिक्सा चलाउने १५ दिने तालिम शुरु गरेकोछ ।
सस्थाले एक्सनएड नेपालसंगको सहकार्यमा महिला अधिकार समृद्धि परियोजना अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ६ र ७ का ९ जना महिलाहरुलाई १५ दिने तिन चक्के सवारीसाधान अटो चालक प्रशिक्षण तालिम आईतबार मनहरी गाउँपालिका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष नवराज सुबेदीले उद्घाटन गर्नुभयो ।
संस्थाले पायोनियर मल्टिपर्पस ड्राईभिङ्ग सेन्टरको प्राबिधिक समन्वयमा मनहरी ७ स्थित क्षेत्रीय रंगशाला रमौलीमा प्रशिक्षण शुरु गरिएको हो ।

महिलाको आर्थिक शशक्तिकरणको लागि सस्थाले ३ पाङ्रे अटो रिक्सा चलाउने तालिम प्रदान गरिन लागेको ममउस का कार्यक्रम संयोजक निशा लामाले जानकारी दिनुभयो । साथै प्रशिक्षण पश्चात् सवारी चालक अनुमती पत्र लाईसेन्स प्राप्तीको लागि समेत समन्वय र सहजिकरण गरिने लामाले बताउनुभयो । केही समय मनहरीमै प्रशिक्षण गराईने र त्यस पश्चात् १५ दिनको अवधी भित्रै ड्राईभिङ सेन्टरमा लगेर सिकाईने आयोजकको भनाई रहेकोछ ।
उद्घाटन कार्यक्र मनहरी गाँउपालिकाका वडा नम्बर ७ का कार्यवाहक वडा अध्यक्ष श्री नवराज सुवेदी , मकवानपुर महिला उत्थान समाजका कार्यक्रम संयोजक निशा लामा र पायोनियर मल्टिपर्पस ड्राईभिङ्ग सेन्टर संचालन दिनेश विडाडी साथै प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थिति रहेका थियो ।

https://shorturl.fm/lyJzN
https://shorturl.fm/oZ9b4
https://shorturl.fm/fcVb6
https://shorturl.fm/qsufb