मनहरीका ३ सय शिक्षकहरुको लागि दुई दिने विषयगत कार्यशाला सम्पन्न

मनहरी गाउँपालिकाले पालिका भित्र रहेका सरकारी बिधालयका दरबन्दी राहत , निजि तथा श्रोत शिक्षकहरुलाई दुई दिने विषयगत कार्यशाला मार्फत बदलिदो शैक्षणिक विधि , प्रबिधी तथा शिक्षक उत्प्रेरणा एबम अनुभव आदन प्रदान कार्य गरिएकोछ । बिदाको समयलाई सदुपयोग गर्दै पालिकाले ३२ वटा बिधालयका ३ सय शिक्षकलाई विषयगत कार्यशालामा सहभागिता गराएकोहो ।

बैशाख १० र ११ गते अर्थात हिजो र आज गरि दुई दिनसम्म सन्चालन भएको कार्यशाला बाल जीवन ज्योती माध्यामिक बिधालय मनहरी १, महेन्द्र ज्योती माध्यामिक बिधालय मनहरी ३,पशुपतिनाथ माध्यामिक बिधालय मनहरी ४, नवज्योति प्राथमिक बिधालय मनहरी ३,महेन्द्र किरण माध्यामिक बिधालय मनहरी ८ , राष्ट्रिय रोटरी माध्यामिक बिधालय मनहरी ७ र राष्ट्रिय माध्यामिक बिधालय मनहरी ६ गरि सात वटा बिधालयमा बाल बिकास र शिक्षा, नेपाली , अंग्रेजी,सामाजिक/ स्वास्थ्य ,बिज्ञान र गणित लगाएतका विषयमा बिषयगत योजना तथा सामाग्री निर्माण गरिएको मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयको निर्देशन अनुरुप सरकारी बिधालयले बैशाख १५ गते देखि बिधार्थी भर्ना अभियान सन्चालन गर्न र २१ बैशाख देखि नियमित रुपमा कक्षा सन्चालन गर्न निर्देशन दिईएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.