पालिका अध्यक्षको ब्यक्तिगत २० लाख लगानिमा बाटो स्ल्याब सम्पन्न; जेष्ठ नागरिकको हातबाट समुद्घाटन

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको ब्यक्तिगत लगानिमा २४२ मिटर स्ल्याब ढलान बाटोको आज समुद्घाटन सम्पन्न भएकोछ । मनहरी २ नम्बर वडाको वडा कार्यालय जाने बाटो ५ मिटर चौडाई सहित स्ल्याब ढलान सम्पन्न भए सङ्गै मनहरी २ नम्बर वडाका सस्थापक मध्ये एक जेष्ठ नागरिक समेत रहनुभएका बर्ष ८३ का बृद्ध कुल बहादुर स्याङ्तानको हातबाट रिवन काटी समुद्घाटन गरिएको हो ।

प्राबिधिक स्टेमेट अनुसार २० लाखको २३० मिटर भएता पनि काम गर्दै जादा १२ मिटर बढी स्ल्याव ढलान भएकोछ । वडा कार्यालय आवत जावत गर्नको लागि बर्खा महिनामा हिलाम्य र हिउँदमा धुलो उडेर स्थानियले समस्या खेप्दै आईरहेको र स्थानियहरुको माग अनुसार आफ्नै लगानिमा बाटो स्ल्याव कार्य गरिएको पालिका अध्यक्ष तथा सहयोगी दाता एबम कार्यक्रमका प्रमुख अतिथी रन्जन कालाखेतीले बताउनुभयो । साथै जेन्जी आन्दोलन पश्चात् बजेट कटौतीले गर्दा धेरै योजनाहरु काटिएको अवस्थामा यो कार्यले जनतालाई राहात मिल्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । आगामी दिनमा आफुले सक्दो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो ।

यस्तै मनहरी गाउँपालिका २ नम्बर वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राजकुमार पाख्रीनले पालिकाकै सबैभन्दा बिकट वडाको रुपमा चिनिने २ नम्बरको बिकास निर्माणमा पालिका अध्यक्ष ज्युको सहयोगले निक्कै महत्व राख्ने बताउनुभयो । साथै आगामी दिनमा बजेट बन्दै गर्दा राष्ट्रिय राजमार्ग देखि ७ किलो मिटरको दुरीमा रहेको वडा कार्यालयलाई पक्की सडकले जोड्न सके जनतालाई थप सहजता प्रदान हुने र त्यता तर्फ पनि पालिका अध्यक्ष ज्युलाई ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा भुन्द्रुङ्ग टाँडी टोल बिकास समिती अध्यक्ष शिव लाल घलान , सीता माध्यामिक बिधालय ब्यबस्थापन समिती अध्यक्ष राजकुमार तामाङ, युवा समाजसेवी प्रेम गोङ्वा लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

बाटो स्ल्याब ढलानको लागि सहयोग गर्नुभएका पालिका अध्यक्ष कालाखेतीले आफुले प्राप्त गर्ने सेवा सुबिधा आफै खर्च नगरी गरिव दिनदुखीहरुको लागि सहयोग गर्दै आईरहनुभएकोछ । पालिका अध्यक्ष कालाखेतीले यस अघि एकल महिला र सहारा बिहिनलाई आवास निर्माण गरि हस्तान्तरण गरिसकेकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.