पछिल्लो समयमा सरकारी बिधालयमा भन्दा ज्याला मजदुरी गरेरै भएपनी निजि बिधालयमा आफ्ना बाल बच्चा भर्ना गर्ने सस्कारको वृद्धि हुँदै गईरहेकोछ । सरकारी बिधालयमा तल्लो कक्षामा बिधार्थिको भर्ना दर ज्यादै न्यून नै रहेको पाईन्छ ।
बिधालयकै गेट अगाडीबाट ४/५ वटा सस्थागत बिधालयले बिधार्थी उठाएर लगिदै गर्दा बाध्य भएर बिधार्थी जोगाउनको लागि भए पनि अंग्रेजी माध्याममा पठन पाठन शुरु गरेको अरनिको मा. बि .हेटौंडा १९ नेवारपानीले उत्कृष्ट नतिजा सहित प्रयास गरे सम्भव छ भन्ने सन्देश दिएकोछ ।
गत शैक्षिक शत्रबाट मात्रै शुरु गरिएको अंग्रेजी माध्यामको शिक्षण कार्यले हरेक सरकारी बिधालयले अंग्रेजी माध्याममा पठन पाठन गर्न सक्ने दरिलो उदाहरण प्रस्तुत गरेको हो । अरनिको मा.बि. ले गत शैक्षिक शत्रबाट नर्सरी, केजी, १ कक्षा,२ कक्षा र ३ कक्षालाई अंग्रेजी माध्याममा लगेको थियो ।

आज बिधालयले पत्रकार भेटघाट कार्यक्रम राखी बिधालयको नतिजाको बस्तुगत अवस्था र भावी योजना र चुनौतीहरु प्रस्तुत गरेकोछ ।
बिधालयले अंग्रेजी माध्यामको लागि छुट्टै डिपार्टमेन्ट बनाई अघि बढेको समेत जनाएकोछ ।तालिम प्राप्त मन्टेश्वरी शिक्षकको ब्यबस्था गरि आन्तरिक जनशक्ति र बिधालयको तर्फबाट निजि शिक्षक राखेरै भए पनि बिधालयले अंग्रेजी माध्यमको कक्षा सन्चालन गरेकोछ ।
बिधालयले आफुलाई थोरै पारिश्रमिक लिएर भएपनी अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेकोहो । बिधालयले नर्सरीमा माषिक शुल्क एक हजार मात्र र बाकी माथिल्लो कक्षामा थप एक/ एक सय बढी तिरेर थोरै पैसामा अंग्रेजी माध्यमको शिक्षा प्रदान गरिएको हो । बिधालयले यस शैक्षिकसत्र देखि कक्षा ४ लाई पनि अंग्रेजी माध्याममा अध्यापन गराउने भएकोछ । कक्षा ४ मा अध्ययन गर्न आउने बिधार्थीहरुले माषिक १ हजार पाँच सय रुपैया मात्र तिरे पुग्नेछ । बिधालयले सोही रकमबाट यातायातको साधन खर्च र निजि शिक्षक तलव र अन्य आवश्यक कार्यमा खर्च गर्ने गरेकोछ ।
बिधालयमा अंग्रेजी माध्यमको कक्षा शुरु गरिए पछि अभिभावकले पनि पहिले भन्दा बिधालय र आफ्ना बालबालिकालाई समय र ध्यान दिने गरिएको बिधालय श्रोतको दावी रहेकोछ । बिधालयको शैक्षिकसत्र २०८२ को परिक्षाफलमा नेपाली माध्ययमा भन्दा अंग्रेजी माध्याम तर्फको परिक्षाफल राम्रो र उत्साहजनक देखिन्छ ।
प्रयाप्त भौतिक पुर्वाधार, कम्प्युटर ल्याब , बिज्ञान प्रयोग शाला, पुस्तकालय भएको बिधालयले नयाँ शैक्षिक शत्र देखि आफ्नै सवारी साधनको ब्यबस्था गर्ने या स्थानिय निकाय या सरोकारवाला निकायसङ्ग समन्वय गर्ने भन्ने विषयमा छलफल गरिरहेको बिधालयले जनाएकोछ ।
पत्रकार भेटघाट कार्यक्रममा हेटौंडा १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी,बिब्यस अध्यक्ष गान्धी घलान, पिटिए अध्यक्ष, बिब्यस समिती कार्य समिती सदस्य , बिधालय प्र. अ . बिधालयका शिक्षक/ शिक्षिकाको सहभागिता रहेको थियो ।

https://shorturl.fm/Q9ITm