मनहरी २ का १३ घरधुरीलाई ५० प्रतिशत अनुदानमा ३० क्विन्टल अदुवाको बीउ बितरण

मनहरी गाउँपालिका वडा नम्बर २ ले १३ घरधुरीलाई ३० क्विन्टल अदुवाको बीउ बितरण गरेकोछ । मनहरी गाउँपालिकाको ५० प्रतिशत अनुदान र स्थानिय किसानको ५० प्रतिशत लागत रहने गरि अदुवाको बीउ बितरण गरिएको हो ।

 

सोमबार एक कार्यक्रमका बिच मनहरी २ नम्बर वडाले दिगो कृषि सहकारी लिमिटेडको समन्वयमा १३ घरधुरीलाई उन्नत जातको अदुवाको बीउ बितरण गरिएको हो ।

मनहरी गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन र मनहरी गाउँपालिका कृषि शाखा प्रमुख मनिषा चौधरी र सहकारीका अध्यक्ष चन्द्र स्याङ्तान सहितको उपस्थितिमा अदुवाको बीउ बितरण गरिएको सस्थाका सचिव एबम सुचना अधिकारी आत्मराम रुम्बाले जानकारी दिनुभयो । साथै वडामा अझै २५ क्विन्टल अदुवाको बीउ स्थानिय कृषकको माग अनुसार उपलब्ध गराउन सकिने समेत जानकारी दिनुभयो । मनहरी २ नम्बर वडाको माटो अदुवा खेतीको लागि उपयुक्त रहेकोले आफ्नो वडाका किसानहरुलाई अदुवाको बीउमा ५० प्रतिशत छुटमा बीउ बितरण गरिएको वडा अध्यक्ष पाख्रिनले बताउनुभयो ।

1 Comment

Comments are closed.

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.