मनहरीमा सार्वजनिक सुनुवाई सम्पन्न;हामिले लगानी गरेका योजनाको अन्तिम नतिजा उन्मुख छौं: पालिका अध्यक्ष

मनहरी गाउँपालिकाको वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । पालिकाको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतको पालिकाद्वारा कार्यसम्पादन भएका बिकास निर्माण र अन्य सेवाहरुको सन्दर्भमा रहेर सरोकारवालाहरुसङ बिचको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

बुधबार बिहान ८:३० बजे देखि शुरु भएको कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर ३ को कार्यालय परिसरमा सम्पन्न भएको हो । मनहरी गाउँपालिकाको आयोजना तथा स्माईरा मिडिया प्रा.लि.को समन्वयमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाको लगानिमा बनेका गौरवको आयोजनाहरुले मुर्तरुप लिन खोजेको भन्दै अब नतिजा केही महिनामै देखिने बताउनुभयो । आफुहरु निर्वाचित भएर आईसकेपछी ५ % काम सकिएको अवस्थामा रहेका पक्की पुलहरु बन्नेहुन कि होईन भन्ने जनतामा अन्योलता रहिरहेको बेलामा द्रुत गतिमा ती आयोजनाहरुलाई प्राथमिकतामा राखेर काम गरे बापत अहिले ५ वटै पुल र अन्य केही पुलहरु बनिसकेको उदाहरण स्पष्ट रहेको भन्दै अन्य पालिकाकै गौरवका योजनाहरु पालिकाको आफ्नै प्रमुख प्रशासनिक भवन, अस्पताल, विषय विशेषज्ञको ब्यास्थापन, शैक्षिक क्षेत्रमा भएका केही प्रयास, भ्यु टावर , किसान मैत्री कार्यक्रम अन्तर्गत शीत भणडार को निर्माण लगाएत बाली बिमा, भौतिक बिकास निर्माण लगाएतका कार्यले सहि दिशा लिईएको बताउनु भयो । यस्तै दुग्ध किसानहरुलाई पालिकाले अभिभावकत्व ग्रहण गर्दै बजार मूल्य शुनिस्चितता प्रदान गरे पस्चात माषिक रुपमा झण्डै ३ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको भन्दै यो पालिकाको सफलता हो भन्नुभयो । यस्तै धार्मिक सहिष्णुता कायम गराउने सन्दर्भमा हिन्दु ,बौद्ध , ईसाई , ईस्लाम लगायत अन्य धर्मलाई समान ढङ्गले व्यवहार गरेको बताउनुभयो ।

स्थानिय जनताको कार्यक्रममा जानकारी र प्रचार प्रसार हुदा हुँदै पनि न्यून सहभागिता हुनु भनेको दु:खद पक्ष भएको बताउनुभयो । यस्ता कार्यक्रमबाट जनता र जनप्रतिनिधि एबम प्रशासन बिचको छलफलबाट धेरै कुराहरुको बारेमा जानकारी लिन पाईनुका साथै स्पष्टता हुने अवसर मिल्ने हुदा आगामी दिनमा त्यस तर्फ ध्यान दिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो ।

सार्वजनिक सुनुवाईको क्रममा उठेका सवालको जवाफ दिने क्रममा पालिका अध्यक्ष कालाखेतीले समाजको समृद्धि चाहाने हो भने जनता , जनप्रतिनिधि र कर्मचारी बिच सुमधुर सम्बन्ध रहन जरुरी रहने समेत बताउनुभयो ।

 

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि एबम मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले सार्वजनिक सुनुवाईको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिने क्रममा पालिकाले गरेका काम कारबाहीको जानकारी दिने उद्देश्यले वार्षिक रुपमै जनप्रतिनिधि , प्रशासन र जनता बिच त्रीपक्षिय छलफल र सवाल जवाफका कार्यक्रम सन्चालन गर्दै आईरहेको भन्दै अधिकतम भन्दा अधिकतम जनपक्षीय काम गर्न लागि परिरहेको बताउनुभयो । साथै बालबालिकाको क्षेत्रमा अधिकतम रुपमा काम गर्न खोजिएको र अझै प्रयास जारी राख्ने बताउनुभयो । मनहरी गाउँपालिकाले बिकास निर्माणको क्षेत्रमा सिमित श्रोत साधनको बाबजुद पनि धेरै उपलब्धी हासिल गरेको समेत बताउनुभयो ।

यस्तै मन्तव्यकै क्रममा मनहरी गाउँपालिका प्रमुक प्रशासकीय आधिकृत रमेश सुबेदीले प्रशासनको तर्फबाट सेवा प्रवाहको क्रममा केही कतै पनि ढिला सुस्ती र अनियमितता हुन नदिने बताउनुभयो । सर्भिस डेलिभरीमा कहि कतै नियम बिपरित केही कार्य भए तुरुन्त आफुलाई खबर या कार्यालयमा आई भन्न भन्दै सुशासन कायम गर्न प्रशासनिक तर्फबाट सदैब तयार रहने बताउनुभयो ।

यस्तै कार्यक्रमका सभाध्यक्ष एबम मनहरी ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नो वडामा बिकास निर्माणका कार्य सन्चालन गर्न भौगोलिक रुपमै ठूलो भएको भन्दै बजेटको आकारमा पुनर बिचार गर्नुपर्ने बताउनुभयो । बिकास निर्माणका कार्य धेरै बजेट थोरै हुने हुदा जनअपेक्षा अनुसार कार्य गर्न नसकिएको र सिमित श्रोतको बाबजुद पनि सक्दो सम्बोधन गर्ने प्रयत्न गरिएको समेत बताउनुभयो । आफ्नो वडामा सामाजिक संघ सस्थामा बालबालिकाको उपस्थितिलाई बिगद देखि नै सम्बोधन गर्दै आईरहेको भन्दै जनपक्षिय काम गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित स्थानिय जनताले बालबालिकालाई बजेट कार्यक्रम मार्फत थप सम्बोधन गर्नुपर्ने, सस्थागत निर्णयको समयमा सहभागिता गराईनुपर्ने लगाएत स्थानियले बिकास निर्माणमा स्थानिय सरकारको नजर अझै पुग्नु पर्ने, जग्गा बिबाद सल्ट्याईदिनुपर्ने , स्थानिय सरकारबाट हुने सेवा बिस्तार लगाएतका विषयबस्तुमा प्रश्न उठान गरेका थिए।

कार्यक्रममा पालिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,वरिष्ठ लेखा अधिकृत र विभिन्न विषयगत शाखाका प्रमुखहरु ,बिधालय र स्वास्थ्य चौकीका प्रमुखको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.