चर्चित सामाजिक अभियानता रेखा लोप्चनले राक्सिराङ्ग ५ का निसन्तान दम्पतीलाई घर उपहार देखि राक्सिराङ्ग गाउँपालिकाकै अति बिपन्न ७५ घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने भएकोछ ।
राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ को बिकट गाउँ कुनालीका अति बिपन्न चेपाङ समुदायका ७५ घर परिवारलाई खाद्यान्न सहित उक्त समुदायका ४५ जना बालबालिकालाई लत्ताकपडा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले मानवीय सहयोग बिपन्न र अभाव हुनेलाई गर्ने हो भन्दै यस्तो अवस्थामा म आफै समाजमा सामाजिक न्यायको लागि लड्दै आईरहेको एक अभियानता भएको हिसावले उनिहरुलाई सहयोग गर्नु मेरो धर्म भएको बताउनुभयो । मनहरी बजार देखि झण्डै ४/५ घण्टाको निरन्तर हिडाई पछि पुग्ने उक्त ठाउँमा बिधालय समेत नरहेकोले बिधालय उमेरका बालबालिका बिधालय जानबाट बन्चित रहेको प्रती दु:ख लागेको समेत बताउनुभयो ।
सामाजिक संजाल मार्फत सामाजिक न्यायकै लागि भए पनि सहयोगको अपिल गरेको र आर्थिक सहयोग पनि उठिसकेको बताउँदै अब केही दिनमै खाद्यान्न सहित लत्ताकपडा लिएर गाउँ जाने समेत जानकारी दिनुभयो। सथै यो अभियान मार्फत बालबालिकालाई न्यानो कपडा , बिपन्न परिवारलाई खाद्यान्न र बालबालिकालाई पढ्नको लागि प्रारम्भिक पाठशाला खोल्नको लागि समेत लागि पर्ने बताउनुभयो । महान मानवीय सेवामा जोडिने भगवानरुपी सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।