मनहरीमा जारी प्रथम मनहरी खुल्ला क्रीकेट प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टोलीको टुङ्गो लागेको हो । सेमिफाइनलमा प्रबेश गर्ने टोलीहरुमा लायन्स अफ मनहरी,ई प्लानेट चितवन ,रेवा हरियाली ज्यामिरे र टिम एभरेष्ट हेटौंडा रहेकाछन् ।
मनहरी ७ रमौली स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा जारी प्रतियोगितामा आज फाईनल प्रबेशको लागि खेल हुने भएकोछ । पहिलो खेल फाईनल प्रवेशको बिहान ८ बजे लागी लायन्स अफ मनहरी भर्सेस ईप्लानेट चितवन बिच र दोश्रो खेल दिउँसो १ बजे रेवा हरियाली ज्यामिरे भर्सेज टिम एभरेष्ट हेटौंडा बिच हुने आयोजकले जानकारी दिएकोछ ।
मनहरी क्रिकेट क्लबको आयोजनामा सन्चालन भएको प्रतियोगिताको बिजेताले नगद ३० हजार सहित शिल्ड र मेडल र उपबिजेताले १५ हजार सहित मेडल प्राप्त गर्नेछन् । भने हरेक खेलका म्यान अफ द म्याचले नगद एक हजार सहित ट्रफी पनि प्राप्त गर्नेछन् । माघ ५ गते देखि संचालित प्रतियोगिताको फाईनल यहि १० गते हुनेछ ।