तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार २०८२ को उपलक्ष्यमा मनहरी गाउँपालिकाले माघ ०४ गते सार्वजनिक बिदा दिईएकोछ । ४४.२९ प्रतिशत तामाङ समुदाय रहेको पालिकाले पहिलो पटक स्थानिय रुपमै सार्वजनिक बिदा दिईएको हो ।

२०७९/०८० र २०८०/०८१ मा मनहरी गाउँपालिकाद्वारा गरिएको घरधुरी सर्बेक्षण अनुसार मनहरी गाउँपालिका भित्र ४४.२९ प्रतिशत मानिस तामाङ समुदायको रहेकोछ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले यस बर्ष तामाङ समुदायको महान पर्व मन्जुश्री सम्वत २८६२ ता ल्हो अर्थात घोडा बर्ग सोनाम ल्होछारको उपलक्ष्यमा समस्त तामाङ समुदायलाई शुभकामना समेत दिनुभएकोछ ।
बुधबार अर्थात पौष ३० गते जारी गरिएको सुचनामा पालिका भित्रको सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था,एबम सार्वजनिक संघ/ सस्था समेत बिदा रहने बताईएकोछ ।