राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु:३२ स्वर्णको लागि १७ बिधालयको भिडन्त

मनहरी गाउँपालिका बिधालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आजबाट शुरु भएकोछ । मनहरी गाउँपालिका स्तरिय प्रतियोगितामा पालिका भित्रका १७ वटा माध्यामिक बिधालय र आधारभुत बिधालयले ३२ वटा गोल्ड मेडलको लागि प्रतिस्पर्धा गर्नेछ ।

मनहरी गाउँपालिकाको आयोजना तथा पशुपतिनाथ माध्यामिक बिधालय मनहरी ४ को समन्वयमा प्रतियोगीता पौष २५ र २६ गते दुई दिन सन्चालन हुनेछ । मनहरी गाउँपालिकाले प्रतियोगिता सन्चालनको लागि २ लाख रुपैया छुट्याईएकोछ ।

१६ वटा बिधामा छात्र / छात्रा गरि ३२ वटा स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सामुदायिक तर्फ १० वटा माध्यामिक र ४ वटा आधारभुत बिधालय र निजि एबम सस्थागत तर्फ ३ वटा गरि १७ वटा बिधालय प्रतिस्पर्धामा रहनेछ ।

प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला समन्वय समिती प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको हो । यस्तै समन्वय उपप्रमुख सानू काजी लुईटेल , मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) , मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा , मनहरी शिक्षा शाखा प्रमुख प्रदीप लगाएत अन्यको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.