मनहरी गाउँपालिकाले अत्याधिक जाडो बढेपछी भोलि र पर्सि अर्थात पौष १७ र १८ गते बिदा दिएकोछ ।
पालिकाले आज एक बिज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण अत्याधिक जाडो बढेसङ्गै बर्षे बिदाबाट कट्टिने गरि दुईदिन सम्पुर्ण बिधालयमा पठनपाठन रोक्ने निर्णय गरेको हो ।
मनहरी गाउँपालिका अन्तर्गत रहेका ३२ वटा सरकारी र ८ वटा निजि बिधालय सबै बिदा रहने मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।