राक्सिराङ्ग कृषि हाट बजार शुरु, रैथाने बाली र उत्पादीत बस्तु किन्ने मान्छेको भिड

राक्सिराङ्ग गाउँपालिकाद्वारा आयोजना गरिदै आईरहेको कृषि हाट बजार पौष १५ गते बाट बिधिवत रुपमा शुरु भएकोछ । आर्थिक वर्ष २०८२/०८३ तर्फको कृषि हाट बजार मकवानपुर जिल्ला समन्वय प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले स्थानीय उत्पादित सामग्रीहरुको प्रबर्द्धनको निम्ति अन्य जिल्लाहरुमा हुने कृषि मेला मा स्टल राखेर प्रचार गर्ने, यहाँ उत्पादित आर्गानिक सामाग्रीहरु सिधै उद्योग संग सम्पर्क गर्ने बातावरण स्थानीय सरकारले समन्वय हुँदै गर्दा कृषकहरुलाई सहज बन्ने बताउनुभयो। बजारमा विषादीयुक्त सामग्रीहरुले स्वास्थ्यमा समस्या पारिरहेको अबस्थामा यस्ता हाट मेलाले गाउँका आर्गानिक स्थानीय उत्पादनहरुको बजारीकरण हुने उहाँले आशा ब्यक्त गर्नुभयो।

स्थानिय स्तरमा उत्पादीत बस्तुहरुलाई फापर र कोदोको परिकारलाई हाट बजारमा औदि रुचाईएको थियो । त्यस्तै राक्सिराङ्ग २ भद्दीमा उत्पादीत काउली लिन उपभोक्ताको भिडनै लागेको थियो ।

स्थानिय उत्पादनहरुलाई बजारीकरणको लागि पालिकाले १६ वटा ब्यबस्थित स्टलको ब्यबस्थापन गरिएको थियो । जसबाट २ लाख बराबरको कारोबार भएको र स्थानिय कृषकहरुले ल्याएको सामाग्री सबै बिक्री भएको राक्सिराङ्ग कृषि शाखा प्रमुख कृष्ण डुम्रेले जानकारी दिनुभयो । बजारलाई थप रमाईलो प्रदान गर्न स्थानिय कलाकारहरुको प्रस्तुती राखिएको थियो ।

स्थानीय परम्परागत उत्पादनहरु गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु,सालको पातको दुना, फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नु, लगायत लोकल कुखुरा, बंगुरको मासु, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरी, चिउरीको मह लगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेको थियो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्वमन्त्री सन्त चेपाङ्ग, साल्ट ट्रेडिङ्गको प्रमुख मधुसुधन अधिकारी, अग्नी होत्र आश्रमको प्रमुख डा. सिताराम खनाल,अगुवा कृषक राम बहादुर बस्नेत, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, लगायत वडाको जनप्रतिनिधिहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.