म्यान मनहरीद्वारा बालबालिकालाई स्टेशनरी सहित न्यानो कपडा उपहार

मोबाईल एसोसियसन मनहरीले बालबालिकालाई न्यानो कपडा बितरण गरेकोछ । म्यान मनहरीले राक्सिराङ्ग ३ घट्टेखोला स्थित झरना बाल बिकास केन्द्रमा अध्ययनरत १७ जना बालबालिकालाई जाडो मौसममा लगाउने न्यानो कपडा उपहार प्रदान गरिएको हो ।

सस्थाका अध्यक्ष रुद्र मुक्तान सहित म्यान मनहरीको टोलीले मंगलबार अर्थात पौष १५ गते केन्द्रमै पुगि न्यानो कपडा बितरण गरिएको हो । उक्त कार्यक्रममा न्यानो कपडा सहित कापी र सिसाकलम समेत प्रदान गरिएको थियो । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाईबाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी वाईबाले ब्याबसायबाट अलिकती भएपनी बालबालिका प्रतीको लगानी साच्चै सराहनीय रहेको र त्यसमा पनि आफ्नै वडालाई छानी कार्यक्रम ल्याईएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष रुद्र मुक्तानले मनहरीका ब्यबसाय चल्ने र ब्यबसाय चल्नमा राक्सिराङ्ग र कैलाश क्षेत्रका रहेको र त्यस क्षेत्रमा व्यावसायीहरुले पनि केही लगानी गरौ भन्ने हेतुले सानै भएपनी सहयोगको कार्यक्रम गरिएको बताउनुभयो ।

म्यान मनहरीले हरेक बर्षमा आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गर्दै आईरहेकोछ । सस्थाले न्यानो कपडा र शैक्षिक सामाग्री समेत गरि ३० हजार बराबरको सामाग्री बितरण गरिएको हो ।
न्यानो कपडा र शैक्षिक सामाग्री बितरण कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष उतम वाईबा सहित निबर्तमान हिम शिखर ब्लोन,बरिष्ठ उपाध्यक्ष सौगात श्रेष्ठ ,उपाध्यक्ष एनिस कर्माचार्य ,महासचिब वीर बहादुर गोले,सचीव सुभाष भट्ट ,कोषध्य्क्ष निरज रिमाल लगाएतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.