मुख्यमन्त्री बानियाँद्वारा एकल दलित देखि निशन्तान प्रजा दम्पतीलाई घर उपहार

बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बानियाँद्वारा कैलाशका निशन्तान चेपाङ दम्पतिलाई घर उपहार दिएकोछ । आफ्नो सेवा सुबिधा र ब्यबसायबाट समेत जम्मा हुने रकमबाट गरिब , बिपन्न र साहारा बिहिन जनताको घर बनाईदिएकाहुन ।

आईतबार कैलाश गाउँपालिका वडा नम्बर ४ को धुसाराङ्गमा पुगि करिब ८ लाखमा निर्मित ३ कोठे घर हस्तान्तरण गर्नुभएको हो । ५२ बर्षिया लाल कुमार प्रजा
र ५० बर्षिया छानु माया प्रजा निशन्तान दम्पती पनि हुन । भौगोलिक बिकटता र आर्थिक स्तरमा बिपन्न परिवारको प्रजा दम्पतिलाई घर उपहार प्रदान गर्दै आफ्नो निर्वाचन क्षेत्रमा रहेका बिपन्न, सहारा बिहिन र असहाय कैलाश, राक्सिराङ्ग र मनहरीका परिवारलाई ब्यक्तिगत रुपमा घर बनाईदिने निर्णय सङ्गै बिपन्न परिवारले घर उपहार पाएको हो । घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै मुख्यमन्त्री बानियाँले राजनितीमा जनतालाई ढाट्नु मिल्दैन र बोलेको कुरा पूरा गर्नुपर्ने बताउनुभयो । साथै प्रदेस भित्रका बिपन्न र सहारा बिहिन जनतालाई आवास प्रदान गर्न आवश्यक नीति निर्माण गरिने समेत बताउनुभयो ।

एक फरक प्रसङ्गमा भगवान शिवलाई जडिबुटिको चल्ने हामी मान्छेलाई कानुन लाग्ने भन्दै यो जनतालाई अन्याय भएकै हो समेत भन्नुभयो । यसको समाधानको लागि केन्द्रिय सरकारसङ्ग र स्थानिय सरकार गरि तिनै तहका सरकारसङ्ग बसेर समाधानको बाटो खोज्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा मन्तव्य राख्दै कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तानले बिपन्न प्रजा दम्पतिलाई सिरक डसना , सुत्नलाई खाट, किचन र्‍याक लगाएतका सामाग्री ब्यबस्था गरिदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले यश भन्दा अघि मनहरी गाउँपालिका वडा नम्बर ९ को दलित तथा एकल महिलालाई ३ कोठे घर उपहार प्रदान गरिसक्नुभएकोछ भने राक्सिराङ्गमा बिपन्न परिवारलाई प्रदान गर्न लागिएको घर को निर्माण कार्य तिब्र रुपमा भईरहेकोछ ।

आफ्नो जिवन कालमा यस्तो घरको कल्पना समेत गर्न नसकेको अवस्थामा मुख्यमन्त्रीले बनाई उपहार दिएको प्रती लाल कुमार प्रजाले निक्कै खुशी ब्यक्त गरे । घर हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्री बानियाँसङ्गै नेपाली काङ्ग्रेस जिल्ला सभापती बुद्ध लामा सहित नेता कार्यकर्ताको आतिथ्यता तथा सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.