राक्सिराङ्गकै बिकट वडा ७ नम्बरमा पहिलो पटक ईन्टरनेट सेवा ( वाईफाई) बिस्तार

राक्सिराङ्ग गाउँपालिकाकै सबै भन्दा बिकट वडा मानिने वडा नम्बर ७ मा पहिलो पटक ईन्टरनेट सेवाले प्रवेश पाएको हो ।

वडा नम्बर ६ को सिलिङ्गेबाट निरन्तर ५ दिनको प्रयासमा ७ नम्बरमा नेट प्रदायक सस्थान फाईवर वर्ल्डले आफ्नो सेवा बिस्तार गरेको हो ।

शुक्रबार दिउँसो एक कार्यक्रमका बिच वडा अध्यक्ष राम बहादुर प्रजाले जुरेथुमका स्थानिय तथा वडा सदस्य सुनिल ब्लोनको घरमा जडान गरिने राउटर सेवाग्राहिलाई हस्तान्तरण गर्दै सेवाको सुरुवात भएको घोषणा गर्नुभएको थियो ।

नेट सेवा प्रदायक सस्थान फाईवर वर्ल्डले जुरेथुम हुँदै सिलाधुनी र क्रमश वडाको महत्वपूर्ण स्थान र अन्य स्थानिय जनतालाई सेवा प्रदान गरिनेछ ।

गाउँपालिकासङ्ग बिधालय,स्वास्थ्य चौकी र वडा कार्यालयमा नेट जडान गर्नुपर्ने गरि नेट प्रदायक सस्थानले काम गर्ने वडा अध्यक्ष प्रजाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.