शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरद्वारा आयोजित जिल्ला स्तरीय माध्यमिक बिधालय स्तरीय बिज्ञान प्रदर्शनी प्रतियोगिता २०८२ मा मेरिगोल्ड टाईनिटस बोर्डिङ स्कुल मनहरी ७ तेश्रो बन्न सफल भएकोछ ।

हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक बिधालयको सभाहलमा मंसिर २८ गते आईतबार सम्पन्न प्रतियोगितामा मेरिगोल्डले मनहरी गाउँपालिका भित्र रहेका माध्यामिक बिधालयको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको थियो । कृति वाईबा र अजुमत मियाले बिधालय र पालिकालाई समेत प्रतिनिधित्व गर्ने अवसर मिलेको थियो ।

मकवानपुर जिल्लाको ६ वटा स्थानिय तहका माध्यामिक बिधालयहरुको सहभागिता रहेको प्रतियोगितामा हेटौंडा २ मा अवस्थित बाल जागृती ईङ्लिस बोर्डिङ प्रथम कालिका माध्यमिक बिधालय कैलाश दोश्रो र मेरिगोल्ड टाईनिटस बोर्डिङ स्कुल तेश्रो भएको हो । प्रथम , दोश्रो र तेश्रो हुने बिधालयले क्रमश : ६ हजार, ५ हजार र ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको शिक्षा बिकास तथा समन्वय ईकाईका शाखा अधिकृत उन्नती ढकालले जानकारी दिनुभयो । साथै मकवानपुर जिल्लाका बागमती गाउँपालिका,भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिका बिधालय नपठाएको समेत जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्येक स्थानिय तहले एउटा बिधालय छनोट गरि प्रतियोगितामा सहभागिताको लागि सिफारिस गरिएको थियो ।